निःशुल्क लोकसेवाको तयारी कक्षा
नेपालगन्ज, वैशाख १२ गते । नेपालगञ्ज उपमहानगरपालिकाले निःशुल्क लोक सेवा पूर्व तयारी कक्षा सञ्चालन गरेको छ । दुई सय युवाहरुलाई लक्षित गरेर सञ्चालन गरिएको कक्षा ७५ दिनसम्म सञ्चालन हुने नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ ।
सामाजिक विकास शाखा प्रमुख कृष्ण प्रसाद जोशीका अनुसार विगत ६ वर्षदेखि निरन्तर सञ्चालन गरिँदै आइएको निःशुल्क लोक सेवा पूर्व तयारी कक्षा छैठौं पटक हुँदैछ ।
द सक्सेस इन्स्टिच्युटसँगको सहकार्यमा सञ्चालित कक्षामा लोक सेवा आयोग सम्बन्धी अप्रविधिकतर्फ नायब सुब्बा, खरिदार तथा प्राविधिकतर्फ हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, अहेब र अनमी पदको लिखित परीक्षाको तयारी गराइनेछ ।
पूर्व तयारी कक्षाको नगर उपप्रमुख कमरुद्दिन राईले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै उपप्रमुख राईले हिम्मत नहारेर दृढ सङ्कल्पका साथ अघि बढ्न तयारी कक्षाले उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै आत्मविश्वासका साथ लोक सेवाको तयारी जुट्न आग्रह गर्नुभयो । सामाजिक विकास शाखा प्रमुख जोशीले ज्ञानमा आधारित प्रविधिलाई आत्मसाथ गर्दै धैर्यता र लगनशीलताका साथ तयारी गर्न आग्रह गर्नुभयो ।
प्रशिक्षक एवम् जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोविन्द प्रसाद पाण्डेले मिहिनत, उत्प्रेरणा र अठोटले लोक सेवाको तयारीलाई मूर्तरुप दिने भन्दै उच्च मनोबलका साथ तयारी गर्न आग्रह गर्नुभयो । द सक्सेस इन्स्टिच्युटका सञ्चालक सुमित केसीले लोक सेवाको तयारीमा रहेका विद्यार्थीहरुलाई सहयोग गर्न कक्षा सञ्चालन गरिएको बताउँदै जिज्ञासु भएर अघि बढ्न आग्रह गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #निःशुल्क लोकसेवाको तयारी कक्षा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्