चिचिलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
खांदबारी – संखुवासभाको चिचिलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सोमबार दिउँसो ३ बजेतिर चिचिला गाउँपालिका–२ छयाङकुटी गोगनेनजिकै प्र.१–०२–००३ त १६८३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै नै मृत्यु भएको छ।
मृत्यु हुनेमा चिचिला गाउँपालिका– २ का ३२ वर्षीय दाबा शेर्पा रहेका जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोककुमार जबेगुले बताउनुभयो । उहाँको अनुसार चिचिला–५ देवीटारमा सामान पुर्याई खाँदबारी फर्किने क्रममा चिचिला–२ छयाङकुटी गोगनेनजिकै ट्याक्टर ब्रेकफेल भई दुर्घटना भएको हो।
ट्याक्टर सडकबाट करिब ३० मिटर तल खसेको थियो। दुर्घटनामा परी सहचालक चिचिला–२ का लाक्पा रिञ्जिन शेर्पा सामान्य घाइते भएका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #ट्याक्टर दुर्घटना, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्