कलाकारले गरे पशुपति मृगस्थलीमा वृक्षरोपण
काठमाडौं ।वैशाख १० गते । दीपाश्री निरौला, केकी अधिकारी, मलिका महत लगायतका कलाकारले सोमबार बिहान पशुपतिनाथ मन्दिर नजिकको मृगस्थलीमा वृक्षरोपण गरेका छन् ।
‘जन्मदिनलाई सत्कर्म अभियानसँग जोडौं’ अभियानको पहलमा विश्व पृथ्वी दिवसको अवसरमा कलाकारले वृक्षरोपण गरेका हुन् । फिल्म निर्देशक लक्ष्मण सुवेदी, गायक युवराज चौलागाईं लगायतले पनि वृक्षरोपण गरे ।
अभियानका संयोजक गोविन्द चौलागाईंले कलाकारमार्फत वातावरण संरक्षणको सन्देश दिनु र जन्मदिनलाई सत्कर्मसँग जोड्ने उद्देश्यले वृक्षरोपण आयोजना गरिएको बताए ।
यसअघि उक्त अभियानले रौतहटसहित पूर्वका जिल्लामा वृक्षरोपण अभियान सञ्चालन गरिसकेको जनाइएको छ । कामको कुरा गर्दा केकीको फिल्म ‘बोक्सीको घर’ वैशाख १४ देखि प्रदर्शन तयारीमा छ भने मलिकाको फिल्म ‘सतीदेवी’ विभिन्न फेस्टिभलमा पुगिरहेको छ ।




क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कलाकारले गरे पशुपति मृगस्थलीमा वृक्षरोपण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्