सुनकोशी-मरिण डाइभर्सन सुरुङमार्गकाे ‘ब्रेक थ्रु’ वैशाख २६ गते
कुसुमटार (सिन्धुली), वैशाख १० गते । राष्ट्रिय गौरवको सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने कार्य अन्तिम चरणमा पुगेको छ ।
कुल १३ दशमलव तीन किलो मिटर लम्बाईको सुरुङ अब एक सय १० किलो मिटर खन्न बाँकी रहेको र यही वैशाख २६ गते ‘ब्रेक थ्रु’ गर्ने तयारी गरिएको छ । आयोजना प्रमुख मित्र बरालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितीमा विषेश समारोहका बिच सुरुङ्को ‘ब्रेक थ्रु’ गर्ने तयारी गरिएको बताउनुभयो ।
सुरुङ खन्न कुनै भौगोलिक जटिलता नआए वैशाख २६ गते ‘ब्रेक थ्रु’ गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । आयोजनाका अनुसार उक्त सुरुङ २०७९ साल असोज २८ गतेदेखि कुसुमटारबाट खन्न सुरु गरिएको थियो । टनेल बोरिङ मेशिन(टिविएम)बाट सुरुङ निर्माण कार्यका लागि चिनियाँ कम्पनी चाइना ओभरसिज इसिन्जनियरिङ (कोभेक)ले ठेक्का पाएर काम गरिरहेको छ ।
सुरुङ खन्न मात्रै कोभेकले करिब ११ अर्ब रुपियाँमा ठेक्का पाएको छ । २२ महिना सुरुङ निर्माणको काम सक्ने गरी उक्त कम्पनीले ठेक्का पाएको हो । १९ महिनामा नै सुरुङ खन्ने कार्य ९८ प्रतिशतभन्दा बढी भई सकेको र पाँच दशमलव पाँच डायमिटरको सुरुङमार्ग निर्माण गरिएको आयोजनाले जनाएको छ ।
सुरुङ खन्ने कार्य लक्ष्यभन्दा तीन महिना अगावै ‘ब्रेक थ्रु’ गर्ने तयारी गरिएको हो आयोजना प्रमुख बरालले बताउनुभयो । यस अघि टिबिएम मेसिनमाथि पहिरो खस्दा विभिन्न पटक गरी झण्डै दुई महिना सुरुङ निर्माण अबरुद्ध समेत भएको आयोजनाले जनाएको छ ।
“२०८४ सालको असोज महिनासम्म सबै प्याकेजको काम सम्पन्न गर्ने लक्ष्य सहित काम अघि बढी रहेको छ,” आयोजना प्रमुख बरालले भन्नुभयो, “पहिलो चरणको काम अन्तर्गत सुरुङ निर्माण रहेको छ । दोस्रो चरणको काम अन्तर्गत सुनकोसीमा करिब ३० मिटर आग्लो र एक सय ५८ मिटर लामो बाध(ब्यारेज) निर्माणको काम छ ।”
उक्त ब्यारेज निर्माण गत मङसिर महिनादेखि सुरु भएको छ । पटेल–रमण जेभीले चार वर्षमा निर्माण सम्पन्न गर्ने गरी ब्यारेज निर्माणका लागि १४ अर्ब सात करोड ५९ लाख रुपिया लागतमा २०७९ साल माघमा सम्झौता गरेको आयोजनाले जनाएको छ । आयोजनाको लागत सुरुमा करिब ४६ अर्ब रुपियाँ रहेकोमा पछिल्लो अपडेट हुदा ४९ अर्ब ४२ करोड रुपिया पुगेको आयोजना प्रमुख बरालले बताउनुभयो ।
उहाँका अनुसार सुनकोशी नदीमा वाध निर्माण गरेपछि उक्त सुरुङमार्फत् प्रतिसेकेण्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२ कुसुमटार स्थित मरिण खोलामा खसालीने छ। त्यहाँ ६६ दशमलब २९ मिटर हेटडबाट पानी झारेर ३१ दशमलब ०७ मेघावाट विद्युत उत्पादन गरिने छ ।
उत्पादित विद्युत ३७ दशमलब दुई डबल सर्किट प्रशारण लाईनमार्फत् राष्ट्रिय ग्रिड अन्तर्गत नबलपुर सबस्टेशनमा जोडिने छ । आयोजना अन्तर्गत निर्माण हुने सुरुङमार्ग, हेडोक्स र पावर हाउस निर्माण मुख्य भौतिक संरचना रहेका छन् । बहुउद्देश्यीय सो आयोजनाको मुख्य उद्देश्य विद्युत उत्पादनसँगै तराईका जिल्लामा बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाई सुविधा पु¥याउने रहेको आयोजनाले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सुनकोशी-मरिण डाइभर्सन सुरुङमार्गकाे ‘ब्रेक थ्रु' वैशाख २६ गते
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्