सहरका सडकपेटी सकिँदै (फोटो फिचर)
काठमाडौँ, वैशाख ९ गते । काठमाडौँ महानगर लगायतका देशका ठुला सहरमा पैदल यात्रीका लागि निर्माण गरिएको सडक पेटी आजभोलि मासिँदै गएको छ । सडक पेटीलाई राज्यले व्यवस्थित गर्न नसक्दा पैदलयात्रीहरुले जहिल्यै सास्ती खेप्न बाध्य भएका छन् ।
पैदल यात्रीको सहजता तथा सुविधाका निम्ति सडक पेटीको व्यवस्था गरिएको हुन्छ । अन्तर्राष्ट्रिय मान्यताअनुरूप सडक पेटी कम्तीमा पनि डेढ मिटर चौडा हुनुलाई उपयुक्त मानिन्छ । पैदल यात्रु हिँड्नका लागि प्रयोगमा आउने भएकै कारण सडक पेटीमा कुनै पनि किसिमका अवरोध हुन नहुने यसको महत्त्वपूर्ण विशेषता हो । तर नेपालको राजधानी सहर तथा मुलुककै पहिलो महानगरपालिका काठमाडौंंका सडक पेटीको अवस्था बेग्लै छ ।
सडक पेटी असाध्य साँघुरा छन् र कतिपय स्थानमा त सडक पेटीको व्यवस्था नै छैन । भएका सडक पेटीमा पनि निर्माण सामग्री छरपस्ट छन् त कतै भत्किएको, बिग्रिएको अवस्था यत्रतत्र छ । यसले सडकपेटीहरु सकिइरहेका छन्, पैदल मार्ग हराइरहेका छन् । राजधानी काठमाडौँमा मात्र होइन उपत्यकाभित्रै धेरैतिर सडक पेटीको राम्रो व्यवस्थापन छैन ।
सडकपेटीहरु निर्माणको परखाईमा छन् । लाग्छ सडक पेटी उद्धारको पर्खाइमा छन् । स-साना व्यापारीहरूले सडक पेटीलाई व्यापार गर्ने थलो बनाउँछन् । एकातिर सडक पेटी खुला तथा अवरोधरहित हुनुपर्ने मान्यता छ भने काठमाडौँका सडक पेटीको अवस्था त्यसको ठिक विपरीत पाइन्छ ।











क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सहरका सडकपेटी सकिँदै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्