तिलिङ्गटार स्कुलमा दरिलो व्यवस्थापनका कारण नयाँ विद्यार्थीको थेगिनसक्नु चाप ८० जना विद्यार्थीकोटामा ६०० जनाको आवेदन
पुकार तिमलसिना
टोखा काठमाडौं । टोखाको तिलिङ्गटार स्कुलले दरिलो व्यवस्थापनका कारण काँचुली फेरे संगै गुणस्तरमा सुधारसँगै नमुना बनेको छ।
व्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्ष नरोतम राणाको सक्रियता , प्रधानाध्यापक, शिक्षक, र समुदायबीचको राम्रो अन्तरसम्बन्धका कारण विद्यालयले केही वर्षयता व्यवस्थापन र गुणस्तर दुवैमा उल्लेख्य सुधार हासिल गर्दै आएका कारण टोखा नगरपालिकाभित्रको मात्र नभई काठमाडौं क्षेत्र नं ५ कै नमुना विद्यालय भएको हो ।
२०८१ मा नयाँ भर्नाका लागी विद्यालयले कक्षा १ देखी ९ कक्षा सम्म करिब ९० जनाको कोटा खुलाएमा हाल ६०० भन्दा बढी विद्यार्थीहरुको आवेदन परेको तिलीङ्गटार मा. वि. का प्रधान्याध्यापक श्री सरोज कुमार पाण्डेले साझापाना अनलाइनलाई बताउनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्ष नरोतmम राणाको विद्यार्थी केन्द्रित शिक्षण विधि, प्रयोगात्मक पक्षलाई जोड , अपेक्षित सिकाइ उपलब्धि भएनभएको लेखाजोखा गरिने परिपाटीकै कारण स्कुल अब्बल हुन सफल भएको छ। वडा एवं नगरस्तरीय बजेटबाट अपाङ्गमैत्री पूवाधार अन्तर्गत लिफ्ट , शौचालय एवं कक्षाकोठा आधुनिक लाइवेरी , ल्याव , प्रयोगशाला संगै डिजिटल कक्षाकोठा निमार्ण भएका छन ।
तहगत रुपमा शिक्षक तथा कर्मचारीलाई प्रोत्साहन गर्न पुरस्कार व्यवस्था र आर्थिक रुपमा कमजोर विद्यार्थीलाई प्रायोजक खोजी स्टेसनरी तथा पोसाकको व्यवस्था जस्ता राम्रा अभ्यासका कारण विद्यार्थी आकर्षण र शैक्षिक गुणस्तर बढेको हो। गणित, विज्ञान र अंग्रेजी जस्ता प्रमुख विषयलाई थप कक्षाको व्यवस्था गरिएको छ ।
स्कुलमा कम्प्युटर विज्ञान विषय पनि पढाइ हुँदै आएको छ। साथै स्कुलले आइसिटी प्रयोगलाई जोड दिएका कारण पनि विद्यार्थी आकर्षण बढ्दै गएको छ। अतिरिक्त क्रियाकलाप र सहकार्यकलाप पनि विद्यालयले जोड दिएको छ।
नियमति रुपमा अभिभावक भेटघाट, नजिता अनिवार्य रुपमा अभिभावकको हातमा दिने व्यवस्था र कमजोर विद्यार्थीका अभिभावकसँग विशेष भेटघाटले सिकाइ उपलब्धि स्तरीय बनेको छ ।
स्मार्ट कक्षाले आकर्षण
यहाँको पढाइ निजी विद्यालयको भन्दा राम्रो छ। जसले गर्दा वर्षेनि यस स्कुलमा विद्यार्थी भर्ना गर्न अभिभावक तँछाडमछाड गर्छन्। पछिलो समय स्कुलले स्मार्ट कक्षा सञ्चालन गर्न थालेपछि विद्यार्थीको आकर्षण थप बढ्दै गएको छ।
साझापानाकर्मी स्कुल पुग्दा कक्षा ९ का प्राविधिक धारका विद्यार्थी स्मार्ट बोर्डमा निकै रोमाञ्चक बन्दै पाठमा केन्द्रित बनेको पाइयो। किताबबाट कक्षामा सरहरूले बुझाउँदा निकै समस्या पर्थ्यो , कक्षा ९ का इन्जिनियरिङतर्फका एक छात्रले भने, अहिले स्मार्ट बोर्डमा नेटबाटै भिजुयल देखेरै अध्ययन गर्दा विषयबारे प्रष्ट हुन्छ।
यो स्कुलमा विद्यार्थीलाई सजाय होइन सल्लाह, सुझाव र हौसला दिएर सिकाइन्छ। मध्यम र कमजोर विद्यार्थीलाई उपचारात्मक कक्षाको व्यवस्था छ। अंग्रेजी माध्यमबाट पनि पढाइने यस स्कुलमा लामो बिदामा कोचिङ कक्षा सञ्चालन गरिन्छ। प्लस टुमा विज्ञान र व्यवस्थापन पठनपाठन हुने यस विद्यालयले भौतिक पूर्वाधार विकासमा पनि जोड दिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #तिलिङ्गटार स्कुल, #नरोत्तम राना, #सरोज कुमार पाण्डे
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्