प्रधानमन्त्री प्रचण्डसँग मुख्यमन्त्री अधिकारीको भेटवार्ता
काठमाडौं, वैशाख ५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान भएको भेटमा गण्डकी सरकारको पूर्णता तथा त्यहाँको विषयका विषयमा छलफल भएको बताइएको छ ।
प्रधानमन्त्रीका सचिवालय सदस्य मनहरि तिमिल्सिनाका अनुसार समसामयिक विषयमा छलफल भएको हो । गण्डकी प्रदेशको विकास निर्माण तथा सरकारका विषयमा सामान्य छलफल भएको उहाँले बताउनुभयो । अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा गत चैत २५ गते नियुक्त हुनुभएको थियो ।
उहाँले आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएको छ, “सम्माननीय प्रधानमन्त्रीज्यूसँग गण्डकी प्रदेशको समग्र विकासका बारेमा केन्द्र सरकारले गर्नुपर्ने सहयोगका सबै पक्षहरूमा छलफल भयो र उहाँले सकारात्मक रूपमा लिनुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।”
मुख्यमन्त्री अधिकारीविरुद्ध प्रतिपक्षी दलले सर्वोच्चमा रिट दायर गरेका छन् । सर्वोच्चको सुनुवाइ अघि उहाँले विश्वासको मत लिने तयारी गर्नुभएको छ । मुख्यमन्त्री अधिकारीले मन्त्रिपरिषद् विस्तार पनि गर्न सक्नुभएको छैन ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रधानमन्त्री प्रचण्डसँग मुख्यमन्त्री अधिकारीको भेटवार्ता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्