स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट
काठमाडौं,५ बैशाख । प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल प्रालिबीच छुट सम्झौता भएको छ ।
समझदारी पत्रमा बैंकका प्रमुख मार्केटिङ्ग अफिसर रवीन्द्र ढकाल र वन्डर्स नेपाल (स्काइवाक) का कार्यकारी निर्देशक पदमप्रसाद न्यौपानेले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौताअनुसार बैंकका ग्राहक तथा कर्मचारीहरूले कमलादीस्थित वन्डर्स नेपालको स्वामित्वमा रहेको स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् । यो सुविधा आगामी दुई वर्षसम्म कायम रहने बैंकले जनाएको छ ।
छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरूले टिकट खरिद गर्दा प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक पेश गर्नुपर्ने छ ।
बैंकले यस किसिमका छुट तथा सुविधाहरू देशभरका विभिन्न अस्पताल, रेष्टुरेन्ट, होटल, पार्लर, डिपार्टमेन्टल स्टोरहरूलगायत अन्य व्यापारिक इकाइहरूमा समेत उपलब्ध गराउँदै आएको छ ।
स्काइवाक टावर कुल ७८ दशमलव पाँच मिटर अग्लो छ । यस टावरबाट उपत्यकाको तीनसय ६० डिग्रीमा दृश्यावलोकन गरि मनोरञ्जन लिन सकिन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्