बालविवाह रोक्न अन्तर्क्रिया
बाजुरा, वैशाख ३ गते । बालविवाह रोक्नका लागि सरकारी तथा गैरसरकारी संस्थाले अभिभावकसँग अन्तर्क्रिया गरेका छन् । अभिभावककै मिलेमतोमा बालविवाह हुन थालेपछि सो कार्यलाई रोक्न अभिभावकसँग अन्तर्क्रिया कार्यक्रम सुरु गरेका हुन् ।
अभिभावकले बालविवाह गर्नेलाई संरक्षण दिन थालेपछि समस्या जटिल बन्दै गएको ग्रिनतारा नेपाल र रिड नेपालको गरिमा परियोजनाका सामाजिक परिचालक मनिता सुनारले बताउनुभयो ।
पढ्न छोडेर सानै उमेरमा विवाह गर्ने बालबालिकाकै अभिभावकले संरक्षण गर्दा पछिल्लो समय उमेर नपुग्दै विवाह गर्नेको सङ्ख्या निकै बढ्दै गएको छ । यसलाई रोक्न स्थानीय तह, सरकारी तथा गैरसरकारी संस्था र प्रहरीलगायतको संयुक्त टोलीले अभिभावकसँग अन्तर्क्रिया सुरु गर्दै आएको सुनारले बताउनुभयो ।
कक्षा ८ देखि १० सम्म अध्ययन गर्ने करिब १५ देखि १८ वर्ष उमेरका किशोरकिशोरीले सानै उमेरमा विवाह गर्ने गरेका छन् । घरको आर्थिक अभावले उच्च शिक्षा पढ्न नसक्ने अवस्था सिर्जना भएपछि बिचैमा पढाइ छोडेर विवाह गर्छन् । छोराछोरीले सानै उमेरमा बालविवाह गर्दा आमाबुवाले पनि त्यसैलाई स्वीकार गर्दै आएपछि अहिले यसलाई रोक्न सरकारी तथा गैरसरकारी संस्थाले अन्तर्क्रिया कार्यक्रम सुरु गरेका हुन् । बडीमालिका, त्रिवेणी, बुढीगङ्गा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकालगायतका स्थानीय निकायमा पछिल्लो समय बालविवाह गर्नेको सङ्ख्या बढ्दो छ ।
क्याटेगोरी : समाचार
ट्याग : #बालविवाह रोक्न अन्तर्क्रिया
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्