इलाममा मदिरा बिक्रीमा रोक
पशुपतिनगर (इलाम), वैशाख २ गते । इलाम-२ को उपनिर्वाचनलाई मध्य नजर गरी इलाममा मदिरा बिक्रीमा रोक लगाइएको छ । इलाम क्षेत्र नं. २ मा यही वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि मदिरा बिक्रमा प्रतिबन्ध गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय इलामले वैशाख २ देखि १५ गते निर्वाचन सम्पन्न भएर मत गणना नसकिएसम्मका लागि मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनु भयो ।
उहाँले निर्वाचन क्षेत्रको शान्ति सुरक्षालाई मध्यनजर गरी प्रतिबन्ध लगाइएको जानकारी दिनु भयो । निर्वाचन पूर्व, निर्वाचनको समय र निर्वाचन पछिको समयमा शान्ति–सुरक्षामा असर पर्ने भन्दै मदिराजन्य पदार्थ बिक्री एवम् सेवन गर्न रोक लगाइएको प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै मदिरा प्रयोग एवम् बिक्री गरेको पाइएमा कानुन अनुसार कारबाही गरिने जनाएको छ । शान्ति सुरक्षालाई मध्यनजर गरेर गरिएको यस कार्यलाई सहयोग गर्न जिल्ला प्रशासन कार्यालय इलामले आग्रह समेत गरेको छ । प्रजिअ यादवले भन्नुभयो, ‘‘निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन हामी लागि परेका छौँ ।’’
इलाम-२ मा उपनिर्वाचनका लागि निर्धारण गरिएका सबै मतदानस्थल ‘अति संवेदनशील’ मानिएका छन् । इलाममा उपनिर्वाचन हुँदा देशभरको ध्यान एकैठाउँमा केन्द्रित भएको र बाहिरबाटसमेत आऊ–जाऊ बढी हुनसक्ने भएकाले सबै मतदानस्थल सुरक्षाका दृष्टिले अति संवेदनशील रहेको प्रजिअ यादवको भनाइ छ ।
इलाम २ मा ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र छन् । मतदाताको सङ्ख्या एक लाख १५ हजार आठ सय ८९ छ । यीमध्ये पुरुष ५९ हजार १८ र महिला ५६ हजार आठ सय ६९ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
उपनिर्वाचन सुरक्षाका लागि करिब तीन हजार सुरक्षाकर्मी परिचालन हुने छन् । निर्वाचनका लागि सबै दलका शीर्ष नेता अहिले इलाम निर्वाचन क्षेत्र नं. २ का मतदाताका घरघरमा उम्मेदवारसहित पुगिरहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #इलाममा मदिरा बिक्रीमा रोक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्