हाई अल्टिच्यूट ट्रेनिङ सेन्टरकाे लागि दश करोड बजेट विनियोजन
जुम्ला, वैशाख २ गते । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले हाई अल्टिच्यूट सेन्टर निर्माणका लागि क्रमागत बजेटका लागि व्यवस्थापन गर्ने घोषणा गर्नुभएको छ ।
मन्त्री श्रेष्ठले जुम्लाको पातारासी गाउँपालिका लोटचौरमा सुरु भएको हाई अल्टिच्यूट ट्रेनिङ सेन्टरका लागि आगामी वर्ष रु १० करोड बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाउनुभयो । मन्त्री श्रेष्ठ पातारासीको लोठचौरमा समेत अनुगमन गरेर सदरमुकाम फर्किएपछि कार्यक्रममा बजेटको समेत घोषणा गर्नुभएको हो ।
जुम्ला–रारा अल्ट्रा म्याराथनको पाँचौ सस्करणको उद्घाटनको क्रममा विश्वको अग्लो स्थानमा धान फल्ने स्थान छुमचौर नजिकै लोटचौरमा हाई अल्टिच्यूट सेन्टर निर्माण कार्य पुरा गर्न रु १० करोड बढि बजेट विनियोजन गरि क्रममा गत बजेटमा राख्ने बताउनुभयो । सरकारले कर्णालीकै गौरववको आयोजनाको रुपमा लिईएको सो का अगाडि बढाएपनि बजेट अभावले खेलमैदान ढिलाई भएको थियो ।
मन्त्री श्रेष्ठले बजेट समेत घोषणा गरेपछि जुम्लाको सपना पुरा हुने अपेक्षा भएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताउनुभयो । उहाँले हरिबहादुर रोकाया जस्ता खेलाडी जन्माउने जुम्लाले अब अन्य हरिबहादुर निरन्तर जन्माउन पुर्वाधार आवश्यक भएको बताउदै संघीय सरकारको बजेटमा रु १० करोड बजेट विनियोजन गरिने घोषणा गरेपछि स्थानीयमा खुशी छाएको छ ।
पातारासी गाउँपालिका ३ का अध्यक्ष गोविन्द रावतका अनुसार हाई अल्टिच्युट ट्रेनिङ सेन्टरका लागि ३२ हजार ३४० बर्गमिटर जग्गा निशुल्क दिएका छन् । उहाँका अनुसार आफ्नो ६ हजार बर्ग मिटर, वडा नं ३ कै गोरबहादर रावतको २७ सय ७० बर्ग मिटर, हर्कबहादुर रावतबाट २६ सय ७० बर्गमिटर प्रदान भएको छ । यसैगरी जगराम रावतबाट २७ सय, सुर वोहराबाट २७ सय ७०, चन्द्रबहादुर रावतबाट ३४ सय १० वर्गमिटर, ऐराम रावतबाट २७ सय ५०, लाउरे वोहोराबाट १२ सय ५० वर्गमिटर रन महताराबाट ३१ हजार ५० वर्ग मिटर, गोरबहादुर बोहराबाट १८ सय ५० जग्गा प्रदान भएको छ ।
वडाध्यक्ष रावतका अनुसार कुम्म बोहराबाट ३ हजार २० बर्गमिटर जग्गा जिल्ला खेलकुद विकास समितिलाई निशुल्क उपलब्ध गराउने भएको मालपोतमा दर्ता प्रक्रिया खोल्ने बित्तिकै दर्ता तयारी भईरहेको छ । नागरिकले यति धेरै जग्गा निशुल्क दिएपछि मन्त्री श्रेष्ठले देशमा जग्गा हडपिरहेको अवस्थामा नागरिकले दिल खोलेर जग्गा दिएकाले आगामी बजेटमा सेन्टर निर्माणका लागि बजेट सुनिश्चित गरिने प्रतिवद्धता समेत जनाउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #हाई अल्टिच्यूट ट्रेनिङ सेन्टरकाे लागि दश करोड बजेट विनियोजन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्