Techie IT
बिहीबार, कात्तिक २७,२०८३

लाइन्स क्लव अफ काठमाडौं तारकेश्वर दियालो स्टारलाई चार्टर हस्तान्तरण


तारश्वर काठमाडौं । केही महिनाअघि स्थापना गरिएको लायन्स क्लब अफ काठमाडौं दियालो स्टारलाई विधिवतरुपमा चार्टर हस्तान्तरण गरिएको छ । सोमबार दियालो फुडल्याण्ड शेषमतीमा आयोजित कार्यक्रमकाबीच चार्टर हस्तान्तरण गरिएको हो ।

डिस्ट्रिक्ट गभर्नर लाइन चन्द्र कुमार के.सीले लायन्स क्लब अफ काठमाडौं दियालो स्टारका प्रेसीडेण्ट लायन्स सरोज मर्हजनलाई चार्टर हस्तान्तरण गर्नुभएको हो । सोही अवसरमा लायन्स बिष्णुकार्कीले स्वागत मन्तब्य राख्नुभएको थियो भने  डिस्ट्रिक्ट गभर्नर लाइन चन्द्र कुमार के.सीले ब्यानरान हस्ताक्षर गरेर कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।

राष्ट्रिय लोक गायक जिवन परियारले बेजोड साङ्गीतिक प्रस्तुती मार्फत कार्यक्रममलाई उल्लासमय बनाउनुभएको थियो भने बिभिन्न ओरेन्टेशन एवं प्रमाणपत्र बितरण गरिएको थियो ।

लाइन्स क्लव अफ काठमाडौं देउराली दियालोका प्रेसीडेण्ट बिष्णु प्रसाद भुषालको सभापतित्वमा संचालित सो कार्यक्रममा डिस्ट्रिक्ट सेक्रेटरी महेश पाडे , सेकेण्ड भि.पी पार्बती पाण्डे , जोन चेयर पर्सन पोम राज भण्डारी सी आई एफ एरीया लिडर राजन लम्साल , जीएसस्टी कोअडीनेटर जर्नाद्धन फुँयाल र प्रमुख अतिथिका रुपमा माननीय अमन मास्केको उपस्थीती रहेको थियो ।

सोही अवसरमा प्रदेश सांसद आमन मास्केले सामाजिक सेवाको क्षेत्रमा लायन्सले अनुकरणीय काम गर्दै आएको लायन्सले नेतृत्व र व्यक्तित्व विकास एवं समाज सेवाका लागि लायन्स क्लबको उत्कृष्ठ भुमीका रहनुपर्ने बताउनुभएको छ ।

लायन्स क्लबले यसअघि विभिन्न रचनात्मक क्रियाकलाप गर्दै आएको थियो । चार्टर हस्तान्तरणपछि विधिवतरुपमा स्थापना भएको क्लबले सामाजिक गतिविधिलाई निरन्तरता दिने अध्यक्ष सरोज मर्हजनले बताएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #लाइन्स क्लव अफ काठमाडौं तारकेश्वर दियालो स्टारलाई चार्टर हस्तान्तरण


तपाईको कमेन्ट लेख्नुहोस्