‘द्यःल्वाकेगु’ जात्रा (फोटो फिचर)
काठमाडौं, चैत २७ गते । उपत्यकाको महत्त्वपूर्ण चाडमध्येको पाहाँ चर्हेअन्तर्गतको न्हि जात्रा मङ्गलबार सम्पन्न भयो । काठमाडौँको मुटु मानिने असनमा हुने न्हि जात्रा आज सम्पन्न भएको हो । पाहाँ चर्हे भित्रकै यो एउटा महत्त्वपूर्ण जात्रा हो ।
यो जात्रामा असन चोकमा पहिला पहेँलो टोपीले सजिएको एक समूहले आफ्नो काँधमा लुँमधी भद्रकाली बोकेर बाजागाजासहित असन परिसर आइपुगे । असन बजारमा लुँमधी आएपछि जात्राको माहौल बन्न थाल्यो । केही समयपछि निलो टोपी लगाएको समूह बाजागाजाका साथमा त्यही आइपुग्छ ।
उनीहरूले वचुँ अजिमा भद्रकालीलाई लिएर आएका हुन्छन् । वचुँ अजिमा र लुँमधी अजिमा भद्रकाली देवी सवार खट असन बजार पुगेपछि कंकेश्वरीको प्रतीक्षा सुरु हुन्छ ।
वचुँ भद्रकाली, लुँमधि भद्रकाली तथा कंकेश्वरी तीन दिदीबहिनीको भेटघाटको रूपमा पाहाँ चर्हेको न्हि जात्रा मनाउने गरिन्छ । असनमा प्रतीक्षारत दुई देवीको खटलाई कंकेश्वरीको खटले तीन पटक परिक्रमा गरेपछि आगोको ज्वाला (ती प्वा) आदान प्रदान हुन्छ ।
त्यसपछि अर्को वर्ष टुँडिखेलमा पुनः भेट गर्ने वाचाका साथ असन जात्रा (न्हि जात्रा) सम्पन्न हुन्छ । यो जात्रालाई स्थानीयले ‘द्यःल्वाकेगु’ जात्रा भन्छन् ।














क्याटेगोरी : समाचार
ट्याग : #‘द्यःल्वाकेगु’ जात्रा, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्