राप्रपाको प्रदर्शनले काठमाडौंको ट्राफिक अस्तव्यस्त
काठमाडौं, चैत २७ गते। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनका कारण काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता विश्व खड्काका अनुसार प्रदर्शनकारीले भद्रकाली, सहिदगेट, माइतीघर, रत्नपार्क, त्रिपुरेश्वर, सुन्धारा आसपासमा नाराबाजीसहित प्रदर्शन गरेकाले सवारी साधनलाई वैकल्पिक बाटो अपनाउन अनुरोध गरिएको छ।
सार्वजनिक बसलाई वैकल्पिक बाटोतर्फ पठाइएपछि यात्रु भने अलपत्र परेका छन्। उहाँले भन्नुभयो, “प्रदर्शनका कारण ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको छ, सवारीलाई भद्रकाली, सुन्धारा प्रवेश गर्न नदिई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ।’
अहिले माइतीघरबाट सवारीलाई सुन्धारा प्रवेश गर्न नदिएको उहाँको भनाइ छ। भक्तपुरबाट आउने सार्वजनिक सवारी साधनलाई तीनकुनेबाटै सिनामङ्गलतर्फ पठाइएको छ। ललितपुरबाट आउने सवारी साधनलाई पनि काठमाडौं प्रवेशमा रोक लगाइएको छ। पुल्चोकदेखि नै सवारी साधनलाई झम्सिखेल र सानेपातर्फ पठाइएको छ।
उहाँले प्रदर्शनकारी भद्रकालीबाट त्रिपुरेश्वरतर्फ गएका छन्। कीर्तिपुरबाट आउने सवारी साधनलाई कालिमाटीमा रोकिएको छ। सरकारसँग राखेका ४० बुँदे माग पूरा नभएको विरोधमा राप्रपाले मङ्गलबार प्रदर्शन गरेको हो।






क्याटेगोरी : समाचार
ट्याग : #breaking, #राप्रपाको प्रदर्शनले काठमाडौंको ट्राफिक अस्तव्यस्त
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्