जोमसोममा सडक भासियो
म्याग्दी, चैत २५ गते । हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा कालीगण्डकी नदिको कटानले जोखिममा रहेको सडक आइतबार भासिँदा मुक्तिनाथ दर्शनका लागि हिँडेका तथा फर्कँदै गरेका दर्शनार्थी अलपत्र परेका छन् ।
बेनी-जोमसोम-कोरला सडक अन्तर्गत पर्ने घरपझोङ गाउँपालिका–४ जोमसोम स्थित मुस्ताङ अस्पताल अगाडीको सडक भासिँदा सवारी आवागमन रोकिएको हो । गएको वर्षाको समयमा कालीगण्डकी नदिको बहावका कारण जोमसोमको उक्त सडक करिब सय मिटर भासिएको थियो । सोही सडक भासिएको स्थानमा एकतर्फी रूपमा सवारी आउजाउ गर्ने गरी सडक बेस बनाइएकोमा सोही स्थानमा फेरि सडक भासिँदा सवारी आवागमन नै अवरुद्ध भएको हो ।
यही वर्ष कागबेनीमा आएको बाढीले गर्दा थुनिएको कालीगण्डकी नदी खुल्दा उक्त सडक मुनि कालीगण्डकीले कटान गर्दा सडक भासिन थालेको थियो । हिन्दुहरूको लागि महत्त्वपूर्ण मानिने चैत्राष्टमी तथा भोलीको औँसी तिथिमा पितृ तर्पणको लागि कागबेनीमा श्राद्ध गर्ने, तर्पण दिने र मुक्तिनाथ दर्शन गर्न आएका हजारौँ तीर्थयात्री अहिले जोमसोममा अलपत्र परेको जोमसोम स्थित पर्यटन व्यवसायी होटल शालिग्रामका सञ्चालक अमृत सुवेदीले जानकारी दिनुभयो ।
सवारी आवागमन बन्द हुँदा पुथाङ एयरपोर्टदेखि जोमसोम बसपार्क सम्मको दुरीमा सवारी साधन रोकिएका उहाँको भनाइ छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जोमसोममा सडक भासिएर सडक अवरुद्ध भएको र तत्कालका लागि माटो फिलिङ गरी सडक खुलाउने प्रयास भइरहेको जानकारी दिनुभयो ।
सडक खुलाउनका लागि मेसिन परिचालन गरिएको र जति सक्यो चाँडो सडक सञ्चालन गरी दर्शनार्थीहरुलाई गन्तव्य तर्फ पुर्याउने प्रयास भइरहेको प्रजिअ पन्तको भनाइ छ ।
“मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले सडक एक्कासि भासिएको भए पनि अन्य कुनै पनि क्षति नभएको जानकारी दिनुभयो । सडक त भासियो तर अन्य क्षति भएको छैन र त्यसलाई चाँडै सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ”, उहाँले भन्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #जोमसोममा सडक भासियो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्