एमाले सल्यानको अध्यक्षमा भिम बहादुर सेन विजयी
सल्यान, २३ चैत । नेकपा (एमाले) सल्यानको अध्यक्षमा भिम बहादुर सेन विजयी हुनुभएको छ । गत आइतबारदेखि सुरु भएको दशौं जिल्ला अधिवेशन अन्तर्गत बिहिबार भएको मतदानबाट १८२ मत प्राप्त गर्दै सेन जिल्ला कमिटी अध्यक्ष पदमा निर्वाचित भएका हुन । अध्यक्ष पदकै अर्का उम्मेद्वार कुल बहादुर गिरिले १३९ मत प्राप्त गरि ४३ मतान्तरले पराजित भए । अन्य पदाधिकारी पनि सबै सेन नेतृत्वका उम्मेदवारहरु विजयी हुनुभएको छ ।
जिल्ला निर्वाचन कमिटीले सार्वजनिक गरेको मत परिणाम अनुसार उपाध्यक्षमा ओज बहादुर बुढाथोकीले १९३ मत प्राप्त गरेर विजयी हुनुभयो । सचिवमा पुस्पा बोहराले १७३, उपसचिवमा गणेशमान सिंहले १८० र उपसचिव महिलामा सनशिलता वली डिसीले १७३ मत ल्याएर निर्वाचित हुनुभयो ।
निकटतम प्रतिस्पर्धी उपाध्यक्ष पदका उम्मेदवार दान बहादुर केसीले १२७, सचिव पदका उम्मेद्वार दिपेन्द्र डिसीले १४३, उपसचिवका उम्मेद्वार गन्जमान बुढाले ११३ र उपसचिव महिला उम्मेदवार बुद्ध कुमारी खत्री केसीले १४१ मत प्राप्त गरेको निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत पर्शुराम वलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्ला कमिटिका सदस्य लगायतका पदमा ५८ जना निर्विरोध हुनुभएको छ । २५ पदका लागि ४६ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । जिल्ला निर्वाचन कार्यविधी अनुसार एमाले सल्यानको ७५ सदस्यिय जिल्ला कमिटी र ७ सदस्यीय लेखा आयोग गठन हुनेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #एमाले सल्यानको अध्यक्षमा भिम बहादुर सेन विजयी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्