Techie IT
बिहीबार, कात्तिक २७,२०८३

गण्डकी सरकारद्वारा प्रदेश विकास परिषद् गठन, बस्ताकोटी मनोनित ।


 

कास्की : गण्डकी प्रदेश सरकारको चैत ९ गते बसेको मन्त्रीपरिषद् बैठकले गण्डकी प्रदेश विकास परिषद् गठन गरेको छ । गण्डकी प्रदेश नीति तथा योजना आयोग ( गठन तथा कार्य सञ्चालन ) आदेश २०७८ ( दोस्रो संशोधन ) परिच्छेद ३, दफा ९, उपदफा २, खण्ड (ठ) अनुसार राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष प्रा डाक्टर जगदीशचन्द्र पोखरेल, शिक्षा तथा विकासविद् युवराज बस्ताकोटीलाई सदस्य पदमा मनोनयन गरेको हो। यद्यपि सरकार चैत २१ गते आईपुग्दा राजिनामा दिनु परेको छ । प्रदेश प्रमुखको चैत २७ गते ३ वजेको सिमा भित्र वहुमत पुर्याउने दलका नेता वा सदस्यलाई आफ्नो दावि प्रस्तुत गर्न आव्हान गरिएको छ । स‍ो अनुसार संघिय सरकार गठवन्धनले वहुमत पुर्याउने प्रयास गरिरहेको छ ,भने गण्डकी प्रदेशका काम चलाउ भएका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले सम्भव भए वहुमत सहित दावि गर्ने, यदि कसैले वहुमत हस्ताक्षर वुझाउन नसकेमा सबैभन्दा ठुलो दलको हैसियतमा सरकारको नेतृत्व गर्ने प्रयास गरिरहेका बताएको छ। गण्डकी प्रदेशमा जम्मा ६० संसद सदस्य रहेका छन् । जसमध्ये नेपाली कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा ( माओवादी केन्द्र ) को सभामुख समेत ८, राप्रपाको २, स्वतन्त्र सांसद १ रहेका छन्।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्