विश्वशान्ति तथा आयुशाधना आराधना कार्यक्रम बिहीबारबाट खांदबारीमा सुरु हुँदै
खाँदबारी । संखुवासभाको खाँदबारीमा बिहीबारबाट विश्वशान्ति तथा आयुशाधना आराधना कार्यक्रम सुरु हुँदैछ ।
हेल्पिङ ह्यान्डस् हेल्थ एण्ड एजुकेशनको आयोजनामा खाँदबारीमा हुन लागेको विश्वशान्ति तथा आयुशाधना आराधना कार्यक्रममा सहभागी हुन अतिथीहरु पुग्ने क्रम जारी छ । लुम्बिनी बिकास कोषका पुर्व सदस्य सचिव जितमान तामाङ्ग लगायत लामा गुरुहरुलाई कार्यक्रमको मुख्य ब्यवस्थापक तथा बिश्वशान्ती पुजा मुल आयोजक समितीका संयोजक बरिष्ठ समाजसेवी हेल्पिङ ह्याण्ड्स हेल्थ एण्ड एजुकेशन तथा ,सुर्य आवासीय मा.वि. का संस्थापक नारायण श्रेष्ठले स्वागत गर्नुभएको थियो ।

नेपालको अतिविकट प्राकृतिक मनोरमले भरिपूर्ण हिमाली जिल्ला डोल्पामा पुनर्जन्म हुनुभएको डोल्पोबुद्ध परम पावन लामा रानाग रिन्छेन रिन्पोछेज्यूबाट धर्म–देसना स्वरूप चावासुम लामा–यिदाम–खाण्डोमा अर्थात लामा, इष्टदेव तथा डाकिनी त्निमूल गुरूहरूको संयुक्तरुप अतियोग महा–रत्न गणचक्रका पवित्र दुइदिवसीय विस्तृत पुजा हुने आयोजकले जनाएको छ ।
अन्तमा गुरु रिन्पोछे निर्देशित पहाडमा सुरक्षित गरि राखेको ५०१ निधिहरूबाट मानव समुदायको निमित्त दिर्घायु तथा बुद्धत्वमार्ग बारे बुद्ध वचनद्वारा दिक्षित गरिने बताइएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #hot, #खाँदबारी नगरपालिका, #छेवाङ पुजा, #रिन्पोछे, #विश्व शान्ति, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्