विश्वशान्ति तथा आयुशाधना आराधना कार्यक्रम बिहीबारबाट खांदबारीमा सुरु हुँदै

खाँदबारी । संखुवासभाको खाँदबारीमा बिहीबारबाट विश्वशान्ति तथा आयुशाधना आराधना कार्यक्रम सुरु हुँदैछ ।
हेल्पिङ ह्यान्डस् हेल्थ एण्ड एजुकेशनको आयोजनामा खाँदबारीमा हुन लागेको विश्वशान्ति तथा आयुशाधना आराधना कार्यक्रममा सहभागी हुन अतिथीहरु पुग्ने क्रम जारी छ । लुम्बिनी बिकास कोषका पुर्व सदस्य सचिव जितमान तामाङ्ग लगायत लामा गुरुहरुलाई कार्यक्रमको मुख्य ब्यवस्थापक तथा बिश्वशान्ती पुजा मुल आयोजक समितीका संयोजक बरिष्ठ समाजसेवी हेल्पिङ ह्याण्ड्स हेल्थ एण्ड एजुकेशन तथा ,सुर्य आवासीय मा.वि. का संस्थापक नारायण श्रेष्ठले स्वागत गर्नुभएको थियो ।

नेपालको अतिविकट प्राकृतिक मनोरमले भरिपूर्ण हिमाली जिल्ला डोल्पामा पुनर्जन्म हुनुभएको डोल्पोबुद्ध परम पावन लामा रानाग रिन्छेन रिन्पोछेज्यूबाट धर्म–देसना स्वरूप चावासुम लामा–यिदाम–खाण्डोमा अर्थात लामा, इष्टदेव तथा डाकिनी त्निमूल गुरूहरूको संयुक्तरुप अतियोग महा–रत्न गणचक्रका पवित्र दुइदिवसीय विस्तृत पुजा हुने आयोजकले जनाएको छ ।
अन्तमा गुरु रिन्पोछे निर्देशित पहाडमा सुरक्षित गरि राखेको ५०१ निधिहरूबाट मानव समुदायको निमित्त दिर्घायु तथा बुद्धत्वमार्ग बारे बुद्ध वचनद्वारा दिक्षित गरिने बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #खाँदबारी नगरपालिका, #छेवाङ पुजा, #रिन्पोछे, #विश्व शान्ति, #संखुवासभा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्