पाँच महिना नबित्दै उप्कियो बेनी-गलेश्वर सडक कालोपत्र
म्याग्दी (दरबाङ), चैत २१ गते । उत्तर-दक्षिण जोड्ने काली गण्डकी कोरिडोर (बेनी-जोमसोम-कोरला) सडक आयोजना अन्तर्गत बेनी-गलेश्वर सडक खण्डको कालोपत्र पाँच महिना नबित्दै उप्किएको छ ।
कालोपत्र उप्किएपछि सडकमा खाल्डाखुल्डी भएको छ । म्याग्दीको बेनी नगरपालिका–८,कालिपुलदेखि वडा नम्बर ९ गलेश्वर जोड्ने सडक निर्माण भएको पाँच महिना नबित्दै कालोपत्र उप्किन सुरु भएको स्थानीको भनाइ छ ।
सडक कालोपत्रको जिम्मा लिएको ठेकेदार कम्पनीले कमसल सामग्री प्रयोग गरेर सडक कालोपत्र गर्दा गुुणस्तरहीन बनेको स्थानीयबासीको आरोप छ । कालोपत्र उप्किए पनि अहिलेसम्म कसैले ध्यान नदिएको स्थानीयवासीको गुनासो छ । कालोपत्र उप्किएपछि दिउँसोको समयमा सवारीसाधनलाई आवतजावतमा समस्या हुने गरेको छ । ‘यो सडक कालोपत्र भएको ५-६ महिना नहुँदै उप्किन थालेको छ ।
“निर्माणको क्रममा सम्बन्धीत निकाय र सरोकारवालाहरुको बेवास्ताका कारण कमसल सामग्री प्रयोग गरिएको हुन सक्छ,” गलेश्वरका स्थानीय चक्रप्रसाद शेरचलले गुनासो गर्दै भन्नुभयो, “यस्तै लापबाही दोहो¥याउन नदिन अब मर्मत गर्दा राम्रोसँग निगरानी गर्न आवश्यक छ ।” गत पुस महिनामा २४ महिनाको ठेक्का एक बर्षमै सकिएपछि निर्माण ब्यवसायीको चौतर्फी प्रशंसा भएको थियो । भने अहिले कालोपत्र उप्किएपछि निर्माण व्यवसायीको अहिले चौतर्फी आलोचना र विरोध भइरहेको छ । निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले अहिले मर्मतको काम थालेको छ ।
सडक कालोपत्र उप्किएको गुनासो आएपछि मर्मतका लागि ठेकेदारलाई निर्देशन दिइएको आयोजना प्रमुख ध्रुवकुमार झाले बताउनुभयो । “निर्माणको क्रममा कतिपय ठाउँमा यस्तै कमीकमजोरी हुन्छन्,” आयोजना प्रमुख झाले भन्नुभयो, “निर्माण व्यवसायीले तुरुन्तै काम गर्नुपर्छ, बिग्रिएको स्थानको पहिचान गरी सम्झौता अनुसार नै मर्मत गर्नुपर्छ ।”
दुई किलोमिटर एक सय दुई मिटर सडक कालोपत्र गर्न मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रालिले भ्याट÷पीएससहित १२ करोड ७५ लाख ९४ हजार चार सय ३६ रुपियाँमा २०७९ पुस १७ गते ठेक्का सम्झौता गरेको थियो । पर्याप्त उपकरण, निर्माण सामग्री र मजदुर परिचालन गरेर लक्ष्यअघि नै सम्पन्न गरेपछि बेनी नगरपालिका सहित संघ संस्थाले समेत निर्माण व्यवसायीलाई सम्मान गरेका थिए ।
आठ मिटरको फराकिलो पारिएको सडक खण्डका खोल्साहरुमा कल्भट निर्माण गरिएको छ । दुई सय मिटर आरसीसी ढलान गरिएको छ । डिबिएसडी प्रविधिको कालोपत्र गरिएको छ । यो सडक हुँदै प्रशिद्ध धार्मिक स्थल गलेश्वरधाम, म्याग्दीको उत्तरी भेग सहित मुस्ताङ आवतजावत गरिन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #पाँच महिना नबित्दै उप्कियो बेनी-गलेश्वर सडक कालोपत्र
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्