चीन नेपालसँगका १४ वटा परम्परागत व्यापार नाका खोल्न तयार
काठमाडौं, १९ चैत । चीन सरकार नेपालसँग सीमा जोडिएका १४ वटा परम्परागत व्यापारीक नाका खोल्न तयार भएको छ ।
परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको भ्रमणको अवसरमा चीनले पराम्परागत नाका खोल्ने प्रतिवद्वता व्यक्त गरेको हो । चीनको सातदिने भ्रमण सकेर आज स्वदेश फर्किनुभएका मन्त्री श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्वाददाताहरुसँग आफूले प्रस्ताव गरेपछि कोभिड महामारीका कारण बन्द भएका नेपाल–चीनबीच विद्यमान १४ वटा परम्परागत व्यापारीक सीमा नाकाहरू यथाशीघ्र खोल्न चीन पक्ष तयार भएको बताउनुभएको हो ।
मन्त्री श्रेष्ठले भन्नुभयो,‘रसुवागढी–केरुङ, तातोपानी–झाङ्ङ्गु, यारी–पुरान तथा नेचुङ–लिची (कोरला) व्यापारीक नाकाहरू यस अगावै सञ्चालनमा आइसकेका छन् । कोभिड महामारीका कारण बन्द भएका नेपाल–चीनबीच विद्यमान १४ वटा परम्परागत व्यापार सीमा नाकाहरू यथाशीघ्र खोल्न चीन पक्ष तयार भएको छ । यसबाट चीन सीमानजिक बसोबास गर्ने नेपालीको दैनिक जीवन तथा व्यापार व्यवसाय सहज हुने अपेक्षा गरेको छु ।’
नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकहरूलाई नेपालले सन् २०१६ देखि नै निःशुल्क भिसा उपलब्ध गराउँदै आएको छ । चीन भ्रमण गर्न चाहने नेपालीहरूलाई पनि चिनियाँ भिसा निःशुल्क उपलब्ध गराउन आफूले अनुरोध गरेको भन्दै त्यसमा चिनियाँ पक्षले सकारात्मक प्रतिक्रिया दिएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकहरूलाई नेपालले सन् २०१६ देखि नै निःशुल्क भिसा उपलब्ध गराउँदै आएको छ । चीन भ्रमण गर्न चाहने नेपालीहरूलाई पनि चिनियाँ भिसा निःशुल्क उपलब्ध गराउन मैले अनुरोध गरेको छु । यसमा चिनियाँ पक्षले सकारात्मक प्रतिक्रिया दिएको छ ।’
त्यसैगरी नेपालबाट तरकारी तथा फलफूल निर्यात सहजीकरणका लागि तथा सीमाका केही क्षेत्रमा मल्टिफंसनल ल्याब स्थापना गर्न चीन सकारात्मक भएको पनि उहाँले जानकारी दिनुभयो । काठमाडौंमा आयोजना हुने तेस्रो लगानी सम्मेलनमा बढी भन्दा बढी सहभागिता उच्च नेतृत्वको सहभागिताको संकेत गरेको मन्त्री श्रेष्ठको भनाई छ ।
चीनका परराष्ट्र मन्त्री वाङ यी यही वर्ष नेपाल भ्रमणका लागि आउने पनि उहाँले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #चीन नेपालसँगका १४ वटा परम्परागत व्यापार नाका खोल्न तयार, #नारायणकाजी श्रेष्ठ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्