१४ बुँदे प्रस्ताव पारित गर्दै सकियो एमाले बागमतीको बैठक
काठमाडौं, १५ चैत । नेकपा (एमाले) बागमती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठक १४ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । प्रदेश अध्यक्ष कैलाश ढुंगेलको अध्यक्षतामा बसेको बैठक १४ बुँदे प्रस्ताव पारित गर्दै सकिएको हो ।
बैठकको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो । बैठकमा महासचिव शंकर पोखरेलले बागमती प्रदेशमा अहिले पार्टी निर्माणको सन्दर्भमा गर्नुपर्ने कामको विषयमा प्रशिक्षण दिनुभएको थियो । बैठकले आफ्नो पहिलो प्रस्तावमै जनतासँग गरिएको प्रतिवद्धता पूरा गर्न सरकारसँग माग गरेको छ ।
‘जनतामा छाएको निरासालाई चिर्दै भरोसा जगाउने बर्तमान संयुक्त सरकारले लिएको जुन संकल्प छ, त्यसलाई साकार पार्न बैठक जोडदार माग गर्दछ ।’ बैठकबाट पारित प्रस्तावको पहिलो बुँदामा भनिएको छ । यसैगरी बैठकले संस्थागत भ्रष्टाचार, बेथिती अन्त्य गरी सुशासन कायम गर्न सरकारसँग जोडदार माग गरेको छ ।
प्रचार विभाग प्रमुख भक्तकुमारी लामाले दिनुभएको जानकारीअनुसार बैठकले रुस र युक्रेनबीचको युद्धले नेपाली युवाहरुको ज्यान समेत गइरहेकोले युद्धग्रस्त देशहरुमा नेपाली युवाहरुलाई जानबाट रोक लगाउन, गइसकेका युवाहरुलाई अबिलम्ब फिर्ता गर्न, बेपत्ता युवाहरुको खोजी गर्न र युद्धमा ज्यान गुमाएकाहरुको परिवारलाई क्षतीपुर्ति प्रदान गर्न पनि माग गरेको छ । यस्तै बैठकले युवा पलायन रोक्ननेपाल सरकारले गुणसतरीय, ब्यावसायिक, प्राविधिक र उत्पादनमुखी शिक्षा प्रदान गर्न सरकारसँग जोडदार माग गरेको उपसचिव लामाले बताउनुभयो ।
बैठकले महंगी र कालाबजारी तत्काल नियन्त्रण गर्न, परम्परागत सीपलाई संरक्षण र स्व्देशी उप्तादनलाई प्रोस्ताहन गर्दै उक्त उत्पादनको प्रयोगमा बिशेष जोड दिन र गुणस्तरहीन बस्तुहरुको आयातमा रोक लगाउन सरकारसँग जोडदार माग पनि गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #१४ बुँदे प्रस्ताव पारित गर्दै सकियो एमाले बागमतीको बैठक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्