तनहुँको बन्दिपुरमा सबैभन्दा धेरै वर्षा
काठमाडौँ, चैत १५ गते । काठमाडौँ उपत्यकासहित तीन प्रदेशमा अहिले वर्षा भइरहेको छ ।अन्य प्रदेशको मौसम आंशिक बदली भएको छ । मौसमविज्ञान विभाग अन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण बागमती, गण्डकी र कोशी प्रदेशमा वर्षा भइरहेको छ ।
महाशाखाका मौसमविद् शान्ति कँडेलले यी प्रदेशमा आगामी तीन दिनसम्म नै वर्षाको सम्भावना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, बागमती, कोशी र गण्डकी प्रदेशका सबैजसो ठाउँमा आगामी तीन दिन नै वर्षाको सम्भावना छ, अन्य केही स्थानमा हल्का वर्षा मात्र हुने देखिन्छ ।
मौसमविद् कँडेलका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी तनहुँको बन्दिपुरमा ५७.८ मिलिमिटर वर्षा मापन भएको उहाँले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तनहुँको बन्दिपुरमा सबैभन्दा धेरै वर्षा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्