सङ्खुवासभामा पनि ४३ औं नेत्रज्योति दिवस मनाइयो
खाँदबारी । “हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी” भन्ने नाराका साथ ४३ औं नेत्रज्योति दिवस सङ्खुवासभामा मनाइएकाे छ । नेपाल नेत्रज्योति संघ जिल्ला शाखा सङ्खुवासभाले स्थापना दिवसको अवसरमा हिजो पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरेको थियो।
प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यले केक काटेर स्थापना दिवसको शुभकामना दिनुभएको थियो। प्रमुख अथिति शाक्यले जिल्लाको मकालु, सिलिचोङ, चैनपुरमा आँखा उपचार केन्द्रको शाखा स्थापना भइसकेको र अन्य पालिकामा पनि शाखा स्थापना गर्ने तयारी रहेको बताउनुभयो । जिल्लाको १० बटै स्थानिय तहमा शाखा स्थापना हुने जानकारी गराउनुभयो । नेपालमा आँखा उपचार पद्धती सस्तो र प्रभावकारी भएकाले भारतबाट समेत आँखाका विरामीहरु उपचारका लागि नेपाल आउने गरेको भन्दै नेपाल आँखा उपचार प्रभाकारी बन्दै गएको प्रमुख शाक्यले बताउनुभयो । उक्त कार्यक्रममा नेपाल नेत्रज्योति संघ कोशी प्रदेशका अध्यक्ष श्याम सुन्दर उदास, संघका जिल्ला कार्यवहाक अध्यक्ष युवराज शाक्य, सचिव कृष्ण बहादुर अधिकारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
सङ्खुवासभामा २०६१ सालमा नेत्र ज्योति संघको स्थापना भएको हो । संघले खाँदबारीमा तेज रत्न आँखा तथा कान उपचार मार्फत सेवा दिइरहेको छ । खाँदबारीबाट बार्षिक रुपमा ८ हजार जना विरामीले सेवा लिइरहेको जिल्ला शाखाकाका कार्यबाहाक अध्यक्ष युवराज शाक्यले जानकारी दिनुभयो । त्यसैगरी गरी मकालु र सिलिचोङबाट बार्षिक ४ हजार ५ सय जना विरामीले सेवा लिएका छन् । चैनपुरमा रहेको आँखा उपचार केन्द्रबाट पनि ४ हजार ५ सय जनाले बार्षिक रुपमा सेवा लिदै आएका छन् । नेत्र ज्योति संघले मंगलबार गरेको पत्रकार संमेलनमा कार्यबाहक अध्यक्ष शाक्यले भन्नुभयो-जिल्ला शाखाले त्रैमासिक रुपमा गर्ने निशुल्क मोतिया विन्दुको अप्रेशन सहित आँखाको शिविरबाट साडे ५ सय जनाले सेवा लिएका छन् । शाक्यले यहि चैत्र १८ र १९ गते खाँदबारीमा निशुल्क मोतियाविन्दुको शल्यक्रिया शिविरको आयोजना हुने जानकारी समेत गराउनुभयो। यस पटकको शिविरमा सुगरका विरामीहरुको पनि मोतिविन्दुको शल्याक्रिया गर्ने ख्याती प्राप्त नेत्र विशेषज्ञ डाक्टर आउने उहाँ ले जानकारी गराउनुभयो । सेवा फाउण्डेसनको सहयोगमा शिविरको आयोजना हुन लागेको हो ।
क्याटेगोरी : समाचार
ट्याग : ##पत्रकार सम्मेलन, #खादबारी, #तेजरत्न आँखा कान उपचार केन्द्र, #नेपाल नेत्रज्योति संघ, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्