संखुवासभा भलिबल संघको कार्यक्रम पत्रकार महासंघले बहिष्कार गर्ने
खाँदबारी । पत्रकार महासंघ र जिल्ला भलिबल संघ विचकाे पछिल्लाे बिवाद बारे पत्रकार महासंघ र पत्रकार सम्बद्ध संघसंस्थाहरूले विज्ञप्ति जारी गरेकाे छ । हालै सम्पन्न राष्ट्रिय भलिबल प्रतियाेगिताकाे समाचार स्थानीय पत्रपत्रिकाले प्रकाशन नगरेकाे भन्दै भलिबल संघका अध्यक्ष मेदिनि घिमिरेले फेसबुकमा लेखेपछि बिवाद सुरू भएकाे हाे ।

उक्त पाेष्ट पछि जिल्लाका पत्रकारहरूले समाचार लेखनमा कुनै कञ्जुस्याई नगरेकाे भन्दै असन्तुष्टि ब्यक्त गर्दै आएका थिए । पछि अध्यक्ष घिमिरेले पाेष्ट सम्पादन गर्दै स्थानीय पत्रिका पाख्रिबास साप्ताहिकले समाचार प्रकाशन नगरेकाे बताएका थिए । यसपछि जिल्ला भलिबल संघले आयाेजना गरेकाे आय ब्याय सार्बजनिक गर्ने कार्यक्रम स्थलमा नजाने बरू पत्रकार महासंघकाे कार्यालयमा नै कार्यक्रम गरेर सार्वजिनक गर्न भनेकाे थियाे ।
महासंघ र भलिबल संघ दुवैले भनेकाे ठाउँमा नगएपछि फेसबुकबाट नै बिवरण सार्बजनिक गरिएकाे थियाे । बिवरणसँगै भलिबल संघले बिवादकाे बिषयमा विज्ञप्ति जारी गरेकाे थियाे । महासंघ र पत्रकार सम्बद्ध संस्थाहरूले भलिबल संघले आयाेजना गरेकाे कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेकाे हाे । यसैबीच प्रेस युनियन, चौतारी र प्रेस सेन्टर नेपालले आर्थिक हिमामिनाको छानवीन माग गरेको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्