कोशी सरकार जोगाउन कांग्रेसको कसरत , सत्ता समीकरण भएसँगै कोशी सरकार पनि फेरिने क्रममा
कोशी प्रदेश सरकार जोगाउन मुख्यमन्त्री केदार कार्की लगायतका नेताहरु सक्रिय बनेका छन् । सत्ता समीकरण फेर बदल भएसँगै कोशी सरकार पनि फेरिने क्रममा रहेको छ ।
केन्द्रमा नयाँ सत्ता समीकरण बनेसँगै संकटमा परेको सरकारलाई जोगाउनेबारेमा छलफल गर्न मुख्यमन्त्री कार्कीसहितका नेताहरु पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा पुगेका छन् । देउवाले उपसभापति, महामन्त्री, प्रमुख सचेतक र कोसी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीसँग छलफल गरेका हुन् ।
सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ (५) अनुसार केदार कार्की २७ असोजमा कांग्रेसका ८ र नेकपा एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनले १ कात्तिकमा विश्वासको मत लिँदा राप्रपाका ६ सांसद बाहेक नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी ९जसपा०का सांसदहरुले विश्वासको मत दिएका थिए । उनीहरुको विश्वासको मत अहिले पनि कायमै छ ।
९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार बनाउन ४७ सांसद आवश्यक पर्छ । नयाँ सत्ता गठबन्धनमा रहेका एमालेसँग ४०, माओवादीसँग १३, एकीकृत समाजवादीसँग ४ र जसपासँग १ गरी जम्मा ५८ सांसद छन् । त्यसैले कोशीमा एमाले(माओवादीसहितको गठबन्धनको सरकार सजिलै बन्नसक्छ । यता प्रतिपक्षीमा रहेका नेपाली कांग्रेसको २९ र राप्रपाका सभामुखसहित ६ सांसद रहेका छन् ।
अंकगणीतका आधारमा प्रदेश सरकार सजिलै परिवर्तन हुने देखिएपनि संवैधानिक संकटकाच कारण दलहरु आन्तरिक छलफलमा व्यस्त छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मुख्यमन्त्री केदार कार्की
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्