कोशीको नाम ‘लिम्बुवान किरात’ राख्न प्रस्ताव
विराटनगर, २७ फागुन । किरात याक्थुङ चुम्लुङले कोशी प्रदेशको नाम ‘लिम्बुवान किरात’ राख्न प्रस्ताव गरेको छ ।
इलाम सदरमुकाममा भएको लिम्बू सांस्कृतिक महोत्सव तथा चुम्लुङको २५औं राष्ट्रिय चुम्लुङले ३० बुँदे माग अघि सार्दै यस्तो प्रस्ताव गरेको हो ।
सम्मेलनपछि केन्द्रीय अध्यक्ष प्रेम एक्तेनले लिम्बूहरूको ऐतिहासिक थातथलो, इतिहासका अनेकौं सांस्कृतिक महत्वका विषय विकासका नाममा नष्ट गरिँदै गएकामा समीक्षा गरिएको बताउनुभयो ।
‘हाम्रा मुख्य इतिहास भएका ठाउँमा भौतिक संरचना निर्माण गर्ने, आदिवासीको ऐतिहासिक सांस्कृतिक इतिहास मेटाउने काम भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘सबै ठाउँको हकमा होइन, आदिवासीका ऐतिहासिक ठाउँमा चाहिँ विभिन्न नाममा अतिक्रमण गर्न पाइँदैन भन्ने हाम्रो माग हो ।’
यस्तै, केन्द्रीय उपाध्यक्ष कमल तिगेलाले चुम्लुङले सामाजिक सद्भाव बचाएर आफ्नो अधिकार माग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी सबै जाति, भाषा, धर्मको सामाजिक सद्भाव अझ बलियो बनाउने गरी अघि बढेका छौं ।’
चुम्लुङ घोषणापत्रमा लिम्बू र मैथिली भाषालाई यो प्रदेशको सरकारी कामकाजको भाषा बनाउन भाषा आयोगले सिफारिस गरेपनि अहिलेसम्म कार्यान्वयन नभएको उल्लेख छ ।
ताप्लेजुङको मुकुमलुङ (पाथीभरा)मा ऐतिहासिक संस्कृति नष्ट गर्दै केबलकार निर्माण गरिने भनिएकामा त्यसलाई खारेज गर्न ध्यानाकर्षण गराउनेदेखि धरान बुढासुब्बाको प्रवेशद्वारमा गणेशको मन्दिर निर्माण रोक्न सचेत गराइएको छ ।
चुम्लुङमा इलाम, झापा, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी, धनकुटालगायत चुम्लुङमा आबद्ध प्रदेशका १५ जिल्लाका प्रतिनिधिको सहभागिता थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #कोशीको नाम ‘लिम्बुवान किरात’ राख्न प्रस्ताव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्