एमालेबाट को को बन्दैछन मन्त्री ?
काठमाडौं । नेकपा एमालेले पनि नयाँ सरकारमा पठाउने मन्त्रीहरूको नाम टुंगो लगाएको छ । गत वर्ष प्रचण्डबाट धोका पाएका अधिकांशले मौका पाएका छन् । नयाँमा रघुवीर महासेठ र बलराम अधिकारी थपिएका छन् ।
एमालेले सचिव रघुवीर महासेठको नेतृत्वमा एक राज्यमन्त्रीसहित ९ जनालाई पठाउने पार्टी स्रोतले बतायो । रघुवीरलाई भौतिक पूर्वाधार मन्त्रालयमा पठाइनेछ । अन्यको भने मन्त्रालय टुंगो लागिसकेको छैन ।
राजेन्द्र राई, ज्वालाकुमारी शाह, दामोदार भण्डारी, भगवती चौधरी, हरिप्रसाद उप्रेतीलाई पनि एमालेले पुन: सरकारमा पठाउने भएको छ । विमला राई पौड्यालको ठाउँमा कपिलवस्तु १ बाट निर्वाचित बलराम अधिकारीलाई पठाइने भएको छ । रघुवीर पनि गत वर्षको प्रचण्ड टीममा थिएनन् ।
यसअघि गत पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाएर जाँदा एमालेको भागमा ८ वटा मन्त्रालय परेको थियो ।
त्यस बेलामा एमालेले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा पठाएको थियो । पौडेलले उपप्रधानमन्त्री तथा अर्थमन्त्रीको जिम्मेवारी लिएका थिए भने ।
कृषि तथा पशुपन्छी विकासमा ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्तिमा दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमा राजेन्द्रकुमार राई, परराष्ट्रमा विमला राई पौड्याल, स्वास्थ्य तथा जनसंख्यामा पदम गिरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमा भगवती चौधरी र रक्षामन्त्रीमा हरिप्रसाद उप्रेतीलाई पठाएको थियो।
तर, प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको निर्वाचनमा पुग्दा एमाले नेतृत्वको गठबन्धन छाडेर कांग्रेसतिर ढल्किएपछि दुई महिनामै सरकारबाट बाहिरिएको थियो । अहिले फेरि त्यही गठबन्धन ब्युँताउन सफल भएपछि त्यस बेला प्रचण्डबाट धोखा खाएकाहरूलाई नै प्राथमिकता दिइएको स्रोतले बतायो ।
त्यस बेलामा अर्थमन्त्रीको जिम्मेवारी लिएर सरकारमा गएका उपाध्यक्ष पौडेलले भने अहिले सरकारमा जान इच्छा देखाएका छैनन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमालेबाट को को बन्दैछन मन्त्री ?
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्