मुख्यमन्त्री कार्की हात्ती प्रभावित क्षेत्रमा
वराहक्षेत्र, फागुन १३ गते । जीव जनवार, जङ्गल, जनता र जनप्रतिनिधि भन्ने नारासहित प्रकृति संरक्षण र पर्यटन प्रवर्द्धनका लागि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की हात्ती प्रभावित क्षेत्रको पैदल यात्रामा निस्कनुभएको छ । मुख्यमन्त्री कार्की पैदल यात्राको पाँचौँ दिन सुनसरीका हात्ती प्रभावित क्षेत्रका जनतासँग साक्षात्कार गर्दै प्रभावित क्षेत्रको पैदल यात्रा हुनुहुन्छ ।
हात्ती प्रभावित क्षेत्रको पैदल यात्रा क्रममा पाँचौँ दिन मुख्यमन्त्री कार्की बिहान सात बजे सुनसरीको हात्तीदह हुँदै पैदल यात्रा सुरु गर्नु भएको हो । मन्त्री कार्कीको टोली कोशी राजमार्गको पानी पिया, सेउती खोला, शंकरबेलि हुँदै अमाह सिमसारको हात्ती प्रभावित क्षेत्र पुग्ने कार्यपालिका रहेको प्रेस युनियन सुनसरीका अध्यक्ष ध्रुव ढकालले जानकारी दिनुभयो ।
जङ्गल तथा आसपासका हात्ती प्रभावित क्षेत्रका बासिन्दासँग साक्षात्कार गर्दै मुख्यमन्त्री कार्की सहितको पैदल यात्राको टोली आजै (आइतबार) वराहक्षेत्रको कालिन्द्र सामुदायिक वन हुँदै नडाहा सब डिभिजन, चतरा, राजावास, प्रकाशपुर र श्रीलंका टापुबाट भाकलपुरमा बास बस्ने कार्यक्रम रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
नेपाल भारत सीमाको मेचीनगर नगरपालिका वडा नम्बर ४ बाट यात्रा सुरु गर्नुभएका मुख्यमन्त्री कार्की शनिवार मोरङको सामुदायिक वन र हात्ती प्रभावित बस्ती हुँदै अबेर राति सुनसरी प्रवेश गर्नुभएको थियो । जनताको समस्यालाई नजिकबाट बुझ्न र समस्या समाधानका लागि आवश्यक कार्यक्रम बनाउनका लागि मुख्यमन्त्री कार्कीले झापादेखि उदयपुरसम्मको २४३ किलोमिटर पैदल यात्राको क्रममा रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
जङ्गली जनावरका कारण पीडा भोगेका जनताका कुरा सुन्न, छलफल गर्न र समाधानको बाटो खोज्न कार्कीले पैदल यात्रा गर्नुभएको बताइएको छ । नजिकबाट जनताका कुरा सुन्ने अवसरको रूपमा पैदल यात्रालाई लिएको सुनसरीको हात्ती प्रभावित क्षेत्रमा हिँड्ने क्रममा मुख्यमन्त्री कार्की सो कुरा बताउनु भएको हो ।
कोशी प्रदेश सरकारको पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा भएको पैदल यात्रामा वन जङ्गलसँग सम्बन्धित सरोकारवाला र हात्ती तथा जङ्गली जनावरका जानकारहरू पदयात्रामा रहनु भएको छ ।
अछाम हुँदै झापाको बाँहुनडागीँबाट सर्लाहीसम्म पुग्ने हात्तीहरू आहारा र वासस्थानकै खोजीमा हिँड्दा बर्सेनि झापा, मोरङ, सुनसरी, उदयपुर र सप्तरी लगायतका तराईका जिल्लामा जङ्गली हात्तीले क्षति पुर्याउदै आएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केदार कार्की, #मुख्यमन्त्री कार्की हात्ती प्रभावित क्षेत्रमा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्