एक वर्ष अगावै नेपालगन्ज–गुलरिया सडक पूरा हुने
बाँके, फागुन ९ गते । राष्ट्रिय गौरवको हुलाकी सडक आयोजना अन्तर्गत निर्माणाधीन नेपालगन्ज–गुलरिया सडकखण्ड बिस्तारको काम निर्धारित समयभन्दा एक वर्ष पहिले नै सम्पन्न हुने भएको छ ।
११.६ किलोमिटर चार लेन र १६.०२ किलोमिटर दुई लेनगरी २७.६२ किलोमिटर लामो सडक बिस्तार कार्य २०८२ मङ्सिर २७ गते तीन वर्षमा सम्पन्न हुनेगरी गत वर्ष माघ १५ गतेदेखि निर्माण कार्य सुरु भएको हो ।
एक वर्षको अवधिमा ५७ प्रतिशत काम सम्पन्न भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिनुभयो । योजना प्रमुख भण्डारीले भन्नुभयो, ‘काम गरेअनुसारको भुक्तानी समयमै दिन सकेमा निर्माण कम्पनीले तोकिएको समयभन्दा अगाडि नै काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरी काम गरिरहनुभएको छ ।’
भौतिक प्रगतिको आधा २७ प्रतिशत मात्र काम भुक्तानी दिन सकिएको भण्डारीको भनाइ छ । निर्माण कम्पनीले काम गरी भुक्तानीका लागि पेस गरेको ४४ करोडको बिलअनुसारको भुक्तानी हुन बाँकी रहेको छ । बजेट अभाव कायमै रहेमा भने निर्माणाधीन योजना र स्थानीयमा तत्कालीन र दीर्घकालीन प्रभाव पर्ने योजना प्रमुख भण्डारीले बताउनुभयो ।
निर्माण कम्पनी शर्मा एण्ड कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले समयमै भुक्तानी प्राप्त भएमा एक वर्षभित्र उद्घाटन समेत गर्न सकिने बताउनुभयो । शर्माले भन्नुभयो, ‘अहिले सबैतिरबाट उधारोमा काम गर्नुपर्दा पछिल्लो समय समस्या देखिएको छ, रकम नआएपछि फागुनदेखि काम बन्द गर्ने सोच बनाए पनि मन्त्रालयबाट त्यसो नगर्न आग्रह भएपछि मात्र कामलाई अघि बढाएका छौँ ।’
निर्माण कम्पनीले यसवर्ष कम्तीमा २० किलोमिटर सडक कालोपत्रे गर्नेगरी काम अघि बढाइएको जनाएको छ । शर्मा एण्ड कम्पनीले मूल्य अभिवृद्धि कर बाहेक दुई अर्ब ७८ करोड २९ लाख रुपियाँमा निर्माणको जिम्मा पाएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #एक वर्ष अगावै नेपालगन्ज–गुलरिया सडक पूरा हुने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्