देश विकासको खाका बनाएर अघि बढौँ : अध्यक्ष नेपाल
काठमाडौँ, फागुन ८ गते । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश बनाउने खाका तयार गर्नुपर्ने बताउनुभएको छ ।
सोमवार समाजवादी ईन्जिनियरिङ्ग एशोसिएशन नेपाल, मधेसले आयोजना गरेको कार्यक्रमलाई जनकपुर धाममा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग पनि देश विकासको खाका बनाउन पटकपटक आग्रह गरेको बताउनु भयो । उहाँले सबै बुद्धिजीवि, अनुभव प्राप्त व्यक्तिहरुसँग बसेर देश निर्माणको खाका तयार गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले देशभरका सडकहरु खाल्डाखुल्डी रहित हुनुपर्ने बताउनु भयो । उहाँले चुरेमा बस्ती बसिरहेको, अतिक्रमण भइरहेको र सडक निर्माणले चुरे मासिँदै गएकाले सबैले ध्यान दिन जरुरी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘मेचीदेखि महाकालीसम्म जुन हाइवे छ, खाल्डाखुल्डीबाट मुक्त हुनुपर्छ । एयरपोर्टमा मानिस झरिसकेपछि टुरिस्ट डेस्टिनेशनमा नपुग्दासम्म कुनैपनि बाटो खाल्डाखुल्डी नहोस् । नभए र देशप्रतिको धारणा राम्रो हुँदैन । हामीले बनाएको हवाई मैदानमध्ये १५ देखि २० वटामा त प्लेन नै जाँदैन । जब तपाईले प्रतिफल प्राप्त गर्न सक्नुहुन्न भने लगानी गर्ने प्रतिफल प्राप्त नहुने, किन लगानी गर्नु । नेपालमा कति वटा हवाई मैदान चाहिन्छ, कहाँ कहाँ चाहिन्छ ? चुरेमा बस्ती बसिरहेको छ, अतिक्रमण बढिरहेको छ । त्यही ठाउँमा हामीले बाटो बनाइरहेका छौँ । कहाँ के गर्नुपर्छ भन्नेकुराको सामग्रिक दृष्टिकोणको अभाव छ । मैले हिजो केपी ओलीजीलाई पनि भनेको थिएँ, म प्रधानमन्त्री हुँदा पनि मैले सोचेको थिएँ । प्रचण्डजीलाई पनि पटकपटक भन्ने गरेको छु । हामी बसौँ । अनुभव भएकाहरु बसौँ । अनुभव भएका व्यक्ति, नेता, मन्त्रीहरु । विज्ञहरु सबै बसौँ । यो देश कसरी बनाउने, कसरी अघि बढाउने भन्नेबारेमा छलफल गरौँ । देश विकासको मार्गचित्र बनाऔँ हामी ।’
क्याटेगोरी : समाचार
ट्याग : #देश विकासको खाका बनाएर अघि बढौँ, #माधवकुमार नेपाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्