प्रजातन्त्र दिवससको अवसरमा एक सय ५० स्याउका बिरुवा रोपियो
जुम्ला, फागुन ६ गते । प्रजातन्त्र दिवसको अवसरमा जुम्लाको तातोपानीमा वृक्षरोपण गरिएको छ । वि.सं. २००७ फागुन ७ गतेका दिन एकतन्त्रीय जहानियाँ राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक वर्ष मनाइँदै आएको छ । जुम्लामा पनि यसपटक राष्ट्रिय प्रजातन्त्र दिवस विविध कार्यक्रम आयोजना गरेर मनाउन लागिएको हो ।
जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ४ स्थित सशस्त्र प्रहरी बल नेपाल ३३ नम्बर गणमा नयाँ स्थापित कार्यालय प्राङ्गणमा एक सय ५० वटा स्याउका बिरुवा रोपिएको हो । वृक्षरोपण कार्यक्रममा चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायत, तातोपानी गाउँपालिकाका उपाध्यक्ष रेवती रावल, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेसहित सरोकारवाला निकाय र स्थानीयको सहभागितामा वृक्षरोपण गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रजातन्त्र दिवससको अवसरमा एक सय ५० स्याउका बिरुवा रोपियो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्