राष्ट्रपति पौडेलद्वारा शालीनदीमा पूजा अर्चना
काठमाडौं, फागुन ६ गते । राष्ट्रपति रामचन्द्र पौडेल काठमाडाैं शङ्खरापुर नगरपालिकास्थित शालीनदीमा पौष शुक्ल पूर्णिमादेखि जारी श्रीस्वस्थानी व्रतकथा अन्तर्गतकाे माधवनारायण मेलामा आइतबार सहभागी हुनुभयो ।
सो अवसरमा राष्ट्रपति पौडेलले श्री स्वस्थानी र माधवनारायणको दर्शन एवम् पूजा अर्चना गर्नुभयो । साथै उहाँले शालीनदीमा जल अभिषेक गर्नुभयो । राष्ट्रपति पौडेलले वज्रयोगिनी मन्दिरमा समेत दर्शन एवम् पूजा अर्चना गर्नुभयो ।
वज्रयोगिनी मन्दिर पुग्नुहुँदा शङ्खरापुर ८ का वडाध्यक्ष पोटे थिङ र ४ का वडाध्यक्ष सुनाबहादुर तामाङलगायत स्थानीयवासीले स्वागत गर्नुभएको थियो । “सो अवसरमा राष्ट्रपति पौडेलले प्राचीन, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रमा रहेको वज्रयोगिनी मन्दिरको दर्शन गर्न पाउनु मेरा लागि खुशीको विषय हो”, भन्नुभयो ।
उहाँले भृकुटी र स्रङचङगम्पोसँगको ऐतिहासिक महत्व जोडिएको वज्रयोगिनी र धार्मिक एवम् ऐतिहासिक महत्वको शालीनदी क्षेत्रको विकासको लागि राज्यले विशेष ध्यान दिने विश्वास व्यक्त गर्नुभयो । सांसद र नगरप्रमुख एवम् उपप्रमुखलगायतका जनप्रतिनिधिले धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वको क्षेत्र भए पनि वज्रयोगिनी मन्दिर भग्नावशेषको अवस्थाका रुपमा रहेको, शालीनदी क्षेत्रको विकास हुन नसकेको, पुनर्निर्माणका कामले गति लिन नसकेको र कतिपय विकासका काम अधुरै रहेको गुनासो गर्नुभयो । उहाँहरुले राष्ट्रप्रमुखको भ्रमणपछि पुनर्निर्माण र अन्य अधुरा विकासका कामले गति लिने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रपति पौडेल शालीनदी पुग्नुहुँदा उहाँलाई सांसदद्वय सोविता गौतम र प्रतिमा गौतम, नवनिर्वाचित राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनी, नगरप्रमुख, उपप्रमुख, माधवनारायण मेलाका संयोजक बालकृष्ण श्रेष्ठलगायत स्थानीयवासीले स्वागत गर्नुभएको थियो । सांसदहरुले शालीनदीमा राष्ट्रप्रमुख पहिलोपटक आएकोमा स्थानीय बासिन्दा अत्यन्त हर्षित भएको बताउनुभएकाे छ ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #राष्ट्रपति पौडेलद्वारा शालीनदीमा पूजा अर्चना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्