बालकुमारी घटनामा छानबिन समितिको प्रतिवेदन अध्ययनपछि कारबाही हुन्छ : प्रधानमन्त्री
काठमाडौं, ६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई युवकको ज्यान जानेगरी भएको बालकुमारी घटनाबारे गठित छानबिन समितिको प्रतिवेदनका आधारमा दोषीमाथि कारबाही हुने जानकारी दिनुभएको छ ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै प्रमुख प्रतिपक्षी एमालेसहितका दलका सांसदले सरकारको आलोचना गरेपछि प्रधानमन्त्री प्रचण्डले आफूले आइतबार छानबिन समितिको प्रतिवेदन बुझ्ने र अध्ययनपछि दोषीमाथि कारबाही गरिने बताउनुभएको हो । ‘आज मैले प्रतिवेदन बुझ्दै छु,’ उहाँले भन्नुभयो, ‘अध्ययनपछि प्रतिवेदनका आधारमा कारबाही हुन्छ ।’
गृहमन्त्रालयमा प्रतिवेदन बुझाए पनि आफूले आइतबार बुझ्ने कार्यक्रम रहेको जानकारी दिँदै उहाँले प्रतिपक्षी दलले नभएर सरकारले नै समिति गठन गरेको भन्दै बालकुमारी घटनाप्रति सरकारले चासो राखिरहेको स्पष्ट पार्नुभयो ।
पीडितका परिवाारलाई १० लाख रुपैयाँ आर्थिक सहायता र रोजगारीको व्यवस्था पनि गरिएको उहाँले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #पुष्पकमल दाहाल, #बालकुमारी घटनामा छानबिन समितिको प्रतिवेदन अध्ययनपछि कारबाही हुन्छ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्