लिटिल एशिया प्यासिफिक प्रिन्सेस् २०१९ को उपाधि विजेता कृष्टिना खडका
सिंगापुरमा सम्पन्न लिटिल एशिया प्यासिफिक प्रिन्सेस् २०१९ को उपाधि विजेता कृष्टिना खडका सम्मानित ,काठमाण्डौं, ०४ श्रावण -अभिभावक विहिन भएका, शारिरिक तथा मानसिक रुपमा असक्षम र पिछडिएका क्षेत्रका किसोरीहरुलाई लामो समयदेखि संरक्षण दिदै आएको संस्था लाईट हाउस फाउण्डेसन नेपालको आयोजना तथा हिमालयन नेपाली ईभेन्ट म्यानेजमेन्टको ईभेन्ट व्यवस्थापनमा कृष्टिना खड्का, राष्ट्रको गौरव भन्ने मुल नाराको साथ विभिन्न ट्यालेन्ट सो तथा व्युटि कन्टेष्टमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड विजेता कृष्टिना खड्कालाई काठमाण्डौंमा एक कार्यक्रमको आयोजना गरी बधाई तथा सम्मान गरिएको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डाक्टर सुरेन्द्र कुमार यादवको प्रमुख आतिथ्यमा काठमाण्डौंको होटल अन्नपूर्णमा आयोजित एक कार्यक्रमका बिच उनलाई बधाई तथा सम्मान व्यक्त गरिएको हो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै स्वास्थ्य राज्यमन्त्री यादवले कृष्टिनाले भविष्यमा पनि नेपाल र नेपालीको नाम सदैव विश् वमाझ फैलाउनेमा विश्वास व्यक्त गर्दै उन्नती र प्रगतिको कामना सहित बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । त्यस्तै एक फरक प्रसंगमा मन्त्री यादवले राज्यले शिक्षा र स्वास्थ्य क्षेत्रमा आवश्यक मात्रामा लगानी नगरेसम्म देशको विकास हुन नसक्ने बताए ।

कार्यक्रममा बिशेष अतिथीको आसनबाट बोल्दै केन्द्रिय बालकल्याण समितीका पूर्व अध्य क्ष डिल्ली गिरीले पेजेण्ट शोले बालबालिकाको ब्यक्तित्व विकासमा टेवा मिल्ने धारणा राखेका थिए । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले बालबालिकाहरुको प्रतिभालाई अभिभावकले बुझेर उनिहरुलाई सोहि अनुरुप भविश्यको लागि तयार गर्नुपर्ने धारणा राखेका थिए ।
लाईट हाउस नेपालले विशेष गरेर वादी समुदायका किसोरीहरुलाई संरक्षणगरि नेपाल तथा विदेशमा समेत पठन पाठनको व्यवस्था मिलाएको छ । हाल करिव ६ सयको हाराहारिमा किसोरीहरुले संरक्षण तथा शिक्षा दिक्षा पाईरहेको समेत बताईएको छ ।
कृष्टिना खड्काले गत जुन ३० तारिकमा सिंगापुरमा सम्पन्न लिटिल एशिया प्यासिफिक प्रिन्सेस् २०१९ को उपाधि जितेकी थिईन । हाल उनि सिङ्गापुरमा अध्ययनरत छिन् । उनको लक्ष्य भविष्यमा पैसा कमाएपछि समाजसेवामा लाग्ने रहेको छ ।
उनलाई लाईट हाउस नेपालले एम्वेष्टर समेत बनाएको छ । ११ वर्षको कलिलो उमेरमै उनि थुप्रै अवार्ड जित्न सफल हुनुका साथै अन्य प्रतिभाहरुमा पनि अव्वल छिन् ।
क्याटेगोरी : समाचार
ट्याग : #लिटिल एशिया प्यासिफिक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्