महासमिति छ्नोटमा बिषयमा काङ्ग्रेस दोलखामा चरम बिबाद,केन्द्रिय निर्वाचन कमिटीमा उजुरी
दोलखा । नेपाली काङ्ग्रेस दोलखामा महासमिति सदस्य छनोट प्रक्रिया बिबादमा परेको छ । नेपाली काङ्ग्रेसका महाधिवेशन ५ जना महाधिवेशनमा प्रतिनिधिले महासमिति सदस्य छनोट बिधान बिपरित गरिएको भन्दै केन्द्रिय निर्वाचन समितिमा उजुरी हालेपछि छनोट प्रक्रिया बिबादमा परेको हो ।
नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन बाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरु मध्ये बाट पार्टी बिधान अनुसार दोलखाबाट ११ जना महासमिती सदस्यको नाम केन्द्रमा पठानुपर्ने हुन्छ ।
सोही ११ जना महासमिति सदस्यको नाम पठाउदा पार्टीको बिधान बिपरित छनोट गरि पठाइएको भन्दै महाधिवेशन प्रतिनिधिहरु उर्मिला कार्की, जयराम श्रेष्ठ ,कुमार अधिकारी ,प्रभुराम श्रेष्ठ र गौरब कुमार लामाले पार्टीको निर्वाचन समितीको कार्यालय सानेपा ललितपुरमा उजुरी दर्ता गरेका छन ।
पार्टीले निर्वाचनको उम्मेदवारी दर्ता,नामावली प्रकाशन जस्ता सम्पुर्ण निर्वाचन प्रक्रिया पूरा गरेर मतदान प्रक्रिया नाटकीय रुपमा रोकेको उजुरिमा उल्लेख गरिएको छ ।
निर्वाचन गर्ने भनेर महासमितिका उम्मेदवारहरुलाइ ५० हजार रुपैयाँ जम्मा गर्न लगाइ स्वेच्छाचारी रुपले आफ्ना नजिकका मान्छेको नाम गोप्य रुपमा केन्द्र पठाइएको उजुरीमा बताइएको छ ।
निर्वाचन समितिलाई हस्ताक्षेप गरि लोकतान्त्रिक मान्यता बिरुद्ध नाम पठाइने दुस्प्रयास गरिएकाले सो कार्य नगराउन र मान्यता नदिन निर्वाचन प्रक्रियाको आवश्यक प्रमाण सहित सहित पठाइएको उजुरीमा उल्लेख गरिएको छ ।
यता नेपाली काङ्ग्रेस दोलखाका सभापति बर्मा लामाले कार्यसम्पादन समितिको निर्णयबाट भन्दै ११ जनाको नाम महासमिति सदस्यमा सिफारिस गरेपछि दोलखा काङ्ग्रेसमा बिबाद भएको हो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्