Techie IT
बिहीबार, कात्तिक २७,२०८३

सिन्धुपाल्चोकको पाल्चोकमा नेपालकै ठुलो घण्ट बन्ने, तान्त्रिक गुरु भुजेलद्वारा शिलान्यास


 

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाल्चोकमा नेपालकै ठुलो घण्ट बन्ने भएको । आज एक कार्यक्रमका बिच प्रकाश मानव सेवा आश्रमका संरक्षक तान्त्रिक गुरु प्रकाश भुजेलद्वारा ठुलो घण्टको शिलान्यास गरिएको हो । पाल्चोकमा निर्माण हुन लागेको घण्ट ६ हजार किलोको हुने जयवागेश्वरी पाल्चोकी माई ठुलो घण्ट निर्माण व्यवस्थापन समितिले जानकारी गरायो ।
हाल नेपालकै ठुलो ५५५५ किलोको घण्ट बागलुङमा रहेको छ । पाल्चोकमा बन्ने घण्ट ६००० किलोको रहने र २ बर्षमा बनाउने लक्ष्य लिएको जयवागेश्वरी पाल्चोकी माई ठुलो घण्ट निर्माण व्यवस्थापन समितिले जनाएको छ ।
ठुलो घण्ट निर्माणको लागी प्रमुख अतिथि प्रकाश भुजेलले २० लाख २० हजार सहयोग गर्नुभएको हो । ‘पिता तर्फबाट १० लाख, माताको तर्फबाट १० लाख र प्रमुख अतिथि प्रकाश भुजेल बाट २० हजार सहयागको घोषर्णा सहित । भुजेलले २ लाख २० हजार नगद र १८ लाखको चेक समितिलाई हस्तान्तरण गराउनु भयो । सबैलाई सहयोग गर्न समेत उहाँले आग्रह पनि गर्नुभयो । कार्यक्रममा मन्तव्य राख्दै पण्डित नारायण प्रसाद खनालले पाल्चोक सम्म आउने बाटो राम्रो बनाउन पर्ने
जोड दिनुभयो । ‘यहाँ खानेबस्ने राम्रो व्यवस्था होस’, उहाँले भन्नुभयो ‘यसले पर्यटन प्रवर्द्वनलाई निकै ठुलो टेवा पुग्ने विश्वास दिलाउनु भयो ।
९ वटा देविहरूको पुजा गरेर नवाहा ज्ञान महायज्ञ समेत गरिने खनालले जानकारी दिनुभयो । घण्ट बनाउन ३ करोड ३० लाख खर्च लाग्ने आयोजकले बताएको छ ।
श्री जयवागेश्वरी पाल्चोकी माई ठुलो घण्ट निर्माण व्यवस्थापन समिति तथा मन्दिर व्यवस्थापन मुल समितिको आयोजनामा भोलि बाट फागुन ६ गते आइतवार सम्म नवाहा ज्ञान महायज्ञ पं श्री राम कृष्ण सुवेदी तथा नारायण प्रसाद खनालले वाचन गर्नुहुनेछ ।
पाल्चोकमा नेपालकै ठुलो घण्ट निर्माणको लागि बिष्णु बहादुर बराइलीले ५ लाख, प्रकाश मानव सेवाका अध्यक्ष श्याम खडाकाले १ लाख पाँच हजार सहयोग गर्ने प्रतिवद्वता ब्यक्त गर्नुभएको छ । सहयोग आउने क्रम जारी रहेको घण्ट व्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर खड्काले जानकारी दिनुभयो ।
पूजा गर्ने समयमा घण्टा र नगरा बजाउने परम्परा रहेको छ । तलेजु भवानी मल्ल राजाहरूका इष्टदेवी हुन् । अहिले निर्माण कार्य चलिरहेकाले तलेजुमा पूजा भने हुँदैन । तर हरेक दिन घण्ट र नगरा भने सँगसँगै १०८ पटक बज्छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्