एक सातादेखि घट्दै सुनको मूल्य
काठमाडौँ, माघ २९ गते । स्थानीय बजारमा सुनको मूल्यमा कमी आएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै स्थानीय बजारमा समेत कमी आएको हो । लामो समयदेखि बढ्दै गएको सुनको मूल्य पछिल्लो एक सातादेखि घट्दै गएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पछिल्लो एक साताको अवधिमा बजारमा सुनको मूल्य प्रतितोलामा एक हजार पाँच सय रुपियाँले कमी आएको हो । एक साताको अवधिमा सुनको मूल्य निरन्तर घट्दै गएको तथ्याङ्कले देखाएको छ । महासङ्घका अनुसार गत साता प्रतितोला एक लाख १९ हजार पाँच सय रुपियाँमा कारोबार भएको सुनको मूल्य आइतबार घटेर एक लाख १८ हजार रुपियाँमा कारोबार भएको हो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेकाले त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । आइतबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेर प्रतिऔँस दुुई हजार २४ डलरमा कारोबार भएको छ । बजारमा सुनको मूल्य घटे पनि कारोबार भने बढ्न नसकेको व्यवसायीको भनाइ छ । माघ महिना लगनको सिजनमा पनि कारोबार बढ्न नसकेको व्यवसायीको भनाइ छ ।
आर्थिक मन्दीको प्रभावसँगै उपभोक्ताको क्रयशक्ति बढ्न नसक्दा सुनको कारोबार बढ्न नसकेको व्यवसायीको भनाइ छ । लगनको सिजन भए पनि न्युरोडका सुन पसलमा चहलपहल भने न्यून देखिन्छ ।
यसैबिच चाँदीको मूल्यमा समेत कमी आएको छ । गत साता प्रतितोला एक हजार ४१५ रुपियाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार घटेर प्रतितोला एक हजार ३९० रुपियाँमा कारोबार भइरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #एक सातादेखि घट्दै सुनको मूल्य
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ५मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…
- ८सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ






तपाईको कमेन्ट लेख्नुहोस्