नयाँबसपार्कमा खुल्यो टप राजधानी दोहोरी साझ, पूर्व प्रधानसेनापति कटवालले गरे उद्घाटन
काठमाडौको नयाँबसपार्कमा टप राजधानी दोहोरी साझको नेपाली सेनाका पुर्व प्रधानसेनापती रुक्मांगद कटवाल,काठमाडौ जिल्लाका सहायक जिल्ला अधिकारी कृष्ण बहादुर कटवाल,बरिष्ठ गायक नारायण रायमाझी, चर्चित गायक बिष्णु खत्री,गायिका सीता थापा र गायक राजेन्द्रकुमार कार्कीले एक कार्यक्रमका बिच रिबन काटेर उदघाटन गरेका छन् ।
टप राजधानी दोहोरी साझको उदघाटन शनिबार साझ गरिएको हो । उक्त दोहोरी साझ चर्चित गायक प्रकाश कटवालले सन्चालनमा ल्याएका हुन । दोहोरीको उदघाटन गर्दै पुर्ब प्रधानसेनापति कटवालले लोक दोहोरी बिश्वकै नमुना संगीत भएकाले यसको संरक्षणमा सरकार र सरोकारवाला निकाय लाग्नुपर्ने बताए ।
आफै लोकगित गाएर कार्यक्रममा उपस्थित कटवालले लोकसङ्गितको जगेर्नामा सबै लाग्नुपर्ने बताए । कार्यक्रममा बरिसष्ठ गायक नारायण रायमाझीले आफ्ना विभिन्न गितहरु प्रस्तुत गर्दै दोहोरीको सफलताको शुभकामना दिदै उनले दोहोरी कलाकारहरुको बिद्यालय भएको बताए ।
कार्यक्रममा उपस्थित अतिथिहरु काठमाडौ जिल्लाका सहायक जिल्ला अधिकारी कृष्ण बहादुर कटवाल, चर्चित गायक बिष्णु खत्री,गायिका सीता थापा,गायक राजेन्द्रकुमार कार्कीलगायतले दोहोरी साझको सफलताको शुभकामना दिए ।
कार्यक्रममा उपस्थित अतिथी कलाकारहरुले विभिन्न गितहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा चर्चित गायक प्रकाश कटवालले आफुले आफ्नै क्षेत्र लोकदोहोरीको बिकास र संरक्षणको लागी दोहोरी संचालन गरेको बताए । उनले दोहोरीमा ४० जनालाई रोजगारी दिएको समेत बताए ।
दोहोरी उद्घाटनको अबसरमा यस क्षेत्रको हकहित र संरक्षणमा उल्लेख्य योगदान दिने विभिन्न ब्यतित्वहरुलाई मायाको चिनो प्रदान गर्दै सम्मान दर्शाईएको थियो । यर पंतिमा काठमाडौ जिल्लाका सहायक जिल्ला अधिकारी कृष्ण बहादुर कटवाल, जनसवाल दैनिकका सम्पादक रामजी बगाले ,चर्चित गायक बिष्णु खत्री,गायिका सीता थापा,गायक राजेन्द्रकुमार कार्की,लोकदोहोरी ब्यबसायी संघका अध्यक्ष चुडा बहादुर कार्की , एनआरएनए जापानका प्रबक्ता पर्शु बस्नेत लगायत पत्रकारहरु र कलाकारहरु रहेका थिए।
ऊनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी नेपाली सेनाका पूर्व प्रधानसेनापती रुक्मांगद कटवाल र दोहोरीका संचालक प्रकाश कटवालले मायाको चिनो प्रदान गर्दै खादा ओढाएर सम्मान गरेका थिए । दोहोरीको उदघाटन कार्यक्रम बुधबारसम्म रहने र उदघाटन अवधिभर विभिन्न चर्चित कलाकारहरुको प्रस्तुति रहने सन्चालक कटवालले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #टप राजधानी दोहोरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्