टोखा नगरपालिका वडा नं १ को अध्यक्षमा दिल बहादुर तामाङ,को को बने पदाधिकारी तथा सदस्यहरु?
टोखा नगरपालिका वडा नं १ को अध्यक्षमा दिल बहादुर तामाङ निर्वाचित भएका छन। माघ २६ गते भएको वडा नं १ को तेश्रो अधिवेसनबाट तामाङ अध्यक्षमा निर्वाचित भएका हुन।
नेकपा एमालेका पोलिटब्युरो सदस्य आनन्द पोखरेलको प्रमुख आतिथ्यता र बागमती प्रदेश सभा सदस्य निरेस लाल सिंह ,कृष्ण प्रसाद अधिकारी , रामकृष्ण श्रेष्ठ र ज्ञानमाया डंगोल,जिल्ला कमिटी अध्यक्ष दिपक निरौलाको आतिथ्यतामा भएको सो अधिवेशनबाट कमिटीको उपाध्यक्षमा नवराज सापकोटा र सचिवमा जयराम दुलाल निर्वाचित भएका छन।
कमिटीको उपसचिवमा रामहरी लामिछाने र मिना याक्सोलाई चयन गरेको सो अधिवेसनबाट सदस्यमा उत्सव पाण्डे ,गोविन्द अधिकारी ,श्याम प्रसाद दुलाल ,उत्तम प्रसाद अधिकारी ,मनोज बजगाई ,रघुनाथ अधिकारी,बिन्दा माया तामाङ,महेश्वर पाण्डे ,दिपक श्रेष्ठ ,सुरज अधिकारी र संजय महर्जन निर्वाचित भएको नगरका कार्यालय सचिव राम कुमार अधिकारीले जानकारी दिएका छन ।
क्याटेगोरी : समाचार
ट्याग : #टोखा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्