गठबन्धन सरकार आत्मसमर्पणवादी र विदेशीको लागि कम्फरटेबल : ईश्वर पोखरेल
काठमाडौं, २७ माघ । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकार असक्षम र देश विरोधी भएको बताउनुभएको छ ।
एमाले टोखा वडा नं ४ को दोस्रो वडा अधिवेशन शनिबार काठमाडौंमा उद्घाटन गर्नुहुँदै उहाँले सरकार देश विकासको बाधक भएको बताउनुहुदै अहिलेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता जोगाउनको लागि जस्तोसुकै राष्ट्रघात र सम्झौता गर्न पछि नपर्ने टिप्पणी गर्नुभयो ।
सरकारले आर्थिक, कूटनीतिक, विकास, सुशासन कुनै पनि क्षेत्रमा पनि नागरिकमा आशा जगाउन नसकेको बताउनुभयो । गठबन्धन सरकार बहुआयामिक रूपमा असफल भएको उहाँको टिप्पणी छ ।
राष्ट्रवादी शक्तिलाई कमजोर बनाएर आत्मसमर्पणवादीले विदेशीको लागि कम्फरटेबल सरकार चलाइरहेका बताउनुभयो । विकास र समृद्धिका सपना देख्नेलाई छेउ लगाएर विकास खानेको हातमा अहिले सत्ताको बागडोर पुगेको भनाई छ ।
केपी शर्मा ओली नेतृत्वको सरकारले कर्णालीको हिल्सालाई अन्तर्राष्ट्रिय नाकाका रूपमा विकास गर्ने, कर्णाली कोरिडोरलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अधि बढाउने काम गरेको भए पनि अहिलेको सरकारसँग विकासको कुनै योजना नभएको टिप्पणी गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ईश्वर पोखरेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्