एमाले दोलखाको अध्यक्षमा श्रेष्ठ विजयी
काठमाडौं, २६ माघ । नेकपा (एमाले) दोलखाको १० औं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा नरबहादुर श्रेष्ठ विजयी हुनुभएको छ ।
प्रतिद्वन्द्वी ईश्वरचन्द्र पोखरेललाई ९५ मतान्तरले पराजित गर्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको हो । विजयी श्रेष्ठले ३३३ मत पाउँदा उहाँका प्रतिस्पर्धीहरू पोखरेलले २३८ र भरत दुलालले ३८ मत मात्रै पाउनुभयो ।
एमाले दोलखाको उपाध्यक्षमा ३३६ मत ल्याएर राजेन्द्र मानन्धर विजयी हुनुभएको छ । उपाध्यक्ष पदका अर्का उम्मेदवार हिरा थोकरले २६३ मत पाउनुभयो ।
यस्तै, सचिव पदमा स्वयमबहादुर खड्का विजयी हुनुभएको छ । खड्काले ३ सय ४ मत पाउँदा अर्का उम्मेदवार कृष्ण बस्नेतले २ सय ८४ मत पाउनुभयो ।
उपसचिव पदमा खुला पुरुषतर्फ हरि ओली र महिला उपसचिवमा कमला बस्नेत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्