तारकेश्वरको प्रारम्भ वर्ल्ड स्कुल तथा कलेजले मनायो नाचघरमा १८ औँ प्रारम्भ दिवस तथा अभिभावक दिवस
काठमाडौं । प्रारम्भ वर्ल्ड स्कुल तथा कलेजले १८ औँ प्रारम्भ दिवस तथा अभिभावक दिवस राष्ट्रिय नाचघरमा बृहत विविध कार्यक्रम गरी मनाएको छ ।
तारकेश्वर ८ मा रहेको प्रारम्भ विद्यालयका अध्यक्ष तथा समाजसेवी विनोद चापागाईको सभापतित्वमा भएको कार्यक्रममा विशेष अतिथि शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंका प्रमुख विचारी प्रसाद अधिकारीको आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा विशेष अतिथिमा अपेन केन्द्रका उपाध्यक्ष राज्य लक्ष्मी वैदार र अतिथिहरुमा शिक्षा विकास तथा समन्वय इकाई ओखलढुंगाका पूर्व प्रमुख दामोदर रेग्मी, सामुदायिक विद्युत उपभोक्ता महासंघ केन्द्रीय अध्यक्ष नारायण ज्ञवाली, नेपाल विद्यालय रग्वी आयोगका अध्यक्ष दिपक अधिकारी, हिसान तारकेश्वरका अध्यक्ष लिल बहादुर पुन, तारकेश्वर प्यावशनका अध्यक्ष धनबहादुर पुन लगायतको सअभागिता रहेको थियो ।

कार्यक्रममा प्यावशन तारकेश्वरका पदाधिकारीहरु, हिसान तारकेश्वरका पदाधिकारी, तारकेश्वर अपेनका अध्यक्ष रेखा हमाल लगायत पदाधिकारीहरु, शान्तेश्वर उपभोक्ता समितिका पदाधिकारी, अभिभावकहरु र विभिन्न विद्यालयका प्रिन्सिपलहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा विद्यार्थीबाट स्पर्श रिजाल, प्रारम्भ स्कुलका प्रिन्सिपल कमल ज्ञवाली, अभिभावकको तर्फबाट नवराज महतारा, अतिथि नारायण ज्ञवाली र विशेष अतिथि विचारी प्रसाद अधिकारीले सम्बोधन गर्दै १८ औं प्रारम्भ दिवसको शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले विविध देशभक्ति गीतहरुमा सामुहिक नृत्य, लाइभ सामुहिक गायन, ड्रामा (नाटक), स्काउटको प्रस्तुति र तेक्वान्दोको प्रस्तुतिहरु गरी ४० भन्दा बढि प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो ।
ड्रामाहरुमा विद्यार्थीहरुले मोवाइल फोन चलाउन हानिकारक हुने, बालबालिकाहरुलाई स्कुलमा मात्र पठाएर नहुने अभिभावकहरुले घरमा पनि गर्नुपर्ने केयर सम्बन्धी, बैदेशिक रोजगारीमा गएर फर्किदा त्यँहा भोग्नुपरेको नेपालीको दुःखको पीडा र नेपालमै बसेर केही गर्नुपर्छ भन्ने सन्देशसहितको नाटक प्रस्तुत गरिएको थियो । विद्यार्थीहरुले सामुहिक गायनसँगै लोकदोहोरी समेत प्रस्तुत गरेका थिए ।

नृत्यहरुमा हिमाल, पहाड, मधेश र विभिन्न समुदायका मौलिकतालाई समावेश गरिएको थियो । सातै प्रदेशलाई नृत्यबाट चिनाइएको थियो । तामाङ, नेवार लगायत सबै जातजातीमो मौलिकता झल्कने नृत्यहरु र बाबा–आमाप्रति समप्रित नृत्यहरु प्रस्तुत गरिएको थियो । त्यस्तै डरलाग्दो हेलोवीन नृत्य समेत विद्यार्थीहरुले देखाएका थिए । कार्यक्रमको सुरुमा वेलकम नृत्यमा कृष्ण लिलालाई देखाइएको थियो ।

कार्यक्रममा शार्क राष्ट्रका भेषभुषालाई समेटेर फेसन शो समेत गरिएको थियो । फेसन सो मा डाक्टर, इन्जिनियर, पाइलट र नर्सहरुको समेत सो गरिएको थियो ।
अन्तर्राष्ट्रिय अभ्यासअनुसार कार्यक्रम विशेष अतिथि र अतिथि मात्र राखेर गरिएको कुरा विद्यालयका प्रिन्सिपल कमल प्रसाद ज्ञवालीले बताउनुभयो । ज्ञवालीका अनुसार कक्षा ४ देखि १२ का विद्यार्थीहरुको मात्र अभिभावक दिवस भएकाले जुनियर कक्षाका बालबालिकाहरुको छुट्टै कार्यक्रम राखेर अभिभावक दिवस मनाउने बताउनुभयो ।

कार्यक्रममा सहभागी हुने अतिथिहरुलाई अफिसमा सजावट गरी राख्न मिल्ने हरियाली गमलासहितको मायाँको चिनो र विद्यालयका इसिए प्रमुखसहित डान्स, ड्रामा, म्युजिक र पव्लिक स्पीकिङ प्रशिक्षकहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा शिक्षक र अभिभावकहरुले समेत आफ्नो प्रस्तुति पस्केका थिए । कार्यक्रमका सभापति बिनोद चापागाईबाट उपस्थित सबैलाई धन्यवादसहित कार्यक्रम समापन गरिएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #प्रारम्भ वर्ल्ड स्कुल तथा कलेज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्