Techie IT
बिहीबार, कात्तिक २७,२०८३

एमाले धादिङकाे नवाैँ जिल्ला अधिवेशन स्थगित भएको छैन : एमाले धादिङ


नेकपा एमाले धादिङकाे नवाैँ जिल्ला अधिवेशन स्थगित नभएकाे र बन्दसत्र सुरु भएकाे अध्यक्ष मंडलका अध्यक्ष धर्मदत्त देबकाेटाले बताउनुभएको छ । ने क पा एमाले बागमति प्रदेश कमिटिको अध्यक्ष कैलाश ढुंगेलले धादिंगमा आफ्नो गुट स्थापित गर्न जबरजस्ति अधिवेशन स्थगित गर्नु भन्ने विज्ञप्ति प्रकाशन गरेपनि स्थगित नभएकाे अध्यक्ष मंडलकाे भनाइ छ ।

आफ्नो हुटको हार निश्चित भए पछि ढुंगेलले जिल्लाका नेताहरु खेम लोहनि र रमेश आचार्यको ईशारामा यसो गरेका हुन। संगठन को लेटर प्याड बिना, छाप बिना, चलानि बिना मनोमानि ढंगले विज्ञप्ति लेख्दै सिंगो संगठनलाई आफ्नो निजि स्वार्थको निम्ति प्रयोग गरेका ढुंगेल कार्यक्रम स्थल छोडेर काठमाण्डौ लागि सकेका छन। नेकपा एमालेकाे जिल्ला अधिवेशन स्थगित भएकाे छैन । केहिबेरमा बन्दसत्र सुरु हुने छ ।

स्थगित भन्ने हल्लाकाे पछि नलाग्न एमाले अधिवेशन अध्यक्ष मंडलका अध्यक्ष धर्मदत्त देवकाेटाले जानकारी दिनुभयाे । जिल्ला कमिटी सहित ७ सय प्रतिनिधि सहभागी अधिवेशन बन्द सत्र चलिरहेकाे र अनाधिकृत हल्लाकाे पछि नलाग्न नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठी ले विज्ञति जारि गरेर जानकारी दिनुभएकाे छ ।


क्याटेगोरी : समाचार
ट्याग : #एमाले धादिङकाे नवाैँ जिल्ला अधिवेशन


तपाईको कमेन्ट लेख्नुहोस्