Techie IT
बिहीबार, कात्तिक २७,२०८३

हामि कहिले “मान्छे” बन्ने ??:- अमृत खनाल


बिधालयको दिनहरु आज सम्झिदा भाबुक भएर आउछ । ति दिनहरु आज सम्झनामा निकै ताजा भएर आउने गर्छन् , र त्यो आफैलाइ एकदम रसिलो पनि लाग्ने गर्दछ । तर यहि कुरा त्यो बेला लाग्दैन थियो !!
चारपाँच कक्षामा पढदै गर्दा कहिले SLC ( मेरो पालाको SEE ) सकिएला र यो बिशाल झ्यालखानाबाट छुटकारा पाइएला ? जस्तो लाग्थ्यो !! शायद यो मेरो मात्रै नभइ सबैको भोगाइ हो भन्ने लाग्छ । म यतिबेला ति अतितको पानाहरु पल्टाउँदै छु । असल मानिस बन्ने सुझावले पनि मलाई पछ्याइ नै रहेको हुन्छ । असल मानिस बन्ने कुरा मेरो निमित्त आज निकै अग्लो भिरमा फुलेको फुल झैँ भएको छ । असल मान्छे बन्नेकुरा कहाँबाट आयो??
कक्षा पाँचमा हुँदा बिधालयको एकजना शिक्षकले एउटा फारम दिनुभयो । उक्त फारममा बिद्यार्थीको नाम देखि शुरु भएर भविस्यको लक्ष्यमा गएर सकिन्थ्यो । फारम भर्नको निमित्त म लगायत मेरो सबै सहपाठी उत्साहित कक्षाको रौनक नै बेग्लै थियो । डाक्टर इन्जिनियर र पाइलट यि मात्रै भविस्यको लक्ष्य बन्ने त्यो उमेर सम्झिदा आज छुटै अनुभुती हुन्छ । हामि सबैले क्रमबद्ध रुपमा लेख्न थालियो । फलानो र डिस्कानोको लक्ष्य यस्तो रहेछ भन्दै हाँस्दै लेख्न थालियो । म पनि के कम डाक्टर नै बन्छु भनेर लेखिदिए । तर म अन्योलमा थिए । अरुलाइ देखाउनको लागि मात्रै डाक्टर लेखिदिए , मेरो पढाईपनि सामान्य नै थियो जो कि डाक्टर हुने त सम्भावना नै नहुन सक्थ्यो । घरपरिवार र मेरो भविस्यको लक्ष्य के हुनसक्छ ?? मानौं भबिस्यको लक्ष्य एउटा भयानक प्रश्न थियो र त्यसको उत्तर नभेटिनु भबिस्यको अन्धकार र डरलाग्दो क्षण थियो । सायद लक्ष्य कै बिषयमा यति धेरै सोच्नु मेरो वालापन बचपन नै थियो ।
बेलुका घरमा बालाइ म के बनौं भन्दा हाँस्दै असल मान्छे बन्नुपर्छ भन्नुभयो , र म हस् भनि फकिय !! कस्तो असल? के असल ? मेरो मनमा प्रश्नै प्रश्न आयो !! अतितको दिनलाई यसरि सम्झिदा केहि भन्न मनलाग्यो इतिहास साक्षी राखिसकेको छु । बाले मलाई असल मानिस बन्न भनेर दिनुभएको लक्ष्य आज सम्म केहो राम्रोसंग बुझ्न सकेको छैन । लाग्छ डाक्टर इन्जिनियर पाइलट नेता आदित्यादि भन्दापनि असल मान्छेबन्न कठिन छ । मेरो देशमा जनता मदैं र तिनको लासमाथि टेकेर नंया नेता जन्मिन्छन । चाप्लुसि गरेर पार्टीको भजनगाएर पत्रकारिताको नारा लगाइन्छ । इन्जिनियरहरु पैसामा शैक्षिक योग्यता बेच्छन् र संरचनाहरुको भद्दा मजाक उडाउछन । अरु पेशागत सफलता त उमेरको क्रमबद्ध रुपमा पाइन्छ । तर असल मानिसबन्न सफलताले जन्मदेखि मृत्युुसम्म नछाड्ने रहेछ । अहिले त असल शब्दसंग नै डर लाग्छ । मलाई थाहा छ लक्ष्यबाट भन्न पाउने छैन । तर पनि मनमा भने अनेक डर !! जति राम्रो गर्दापनि एकठाउमा चुक्यो भने सकियो , अनि असलभन्ने शब्द नै हराउछ । अनि के गर्ने??? केहि बर्ष अगाडि तराईतिर जाँदा देखेको दाइजोको निहुँमा दिएको यातना , कसरि भुल्न सकिन्छ । म गएको बेला भएको घटनाले अझै मनमा नराम्रो संग चिमोट्छ । त्यो दिनको घटना देख्दा अझैपनि आफैलाइ नराम्रो लाग्छ । अझैपनि हाम्रो घरघरबाट छुवाछूतको समस्यालाइ हटाउन सकेको छैन , छुवाछूतमात्रै नभई बालबिवाह, बलात्कार देखि हुने सम्पूर्ण जगन्य अपराधहरु सम्म!? हामि कहिले हुने मानिस ? कुकुर छिर्ने घरभित्र किन मान्छे नछिर्ने?? जवरजस्ति सानै उमेरमा किन बिबाह गरिदिने? यदि त्यो बिबाह सफल भएन भने उसको जिम्मा कस्ले लिने?? हामिले निर्मला पन्त देखि , मान्छे नै बेच्नेसम्मको घटना त देखेकै हो ? अनि किन त चुपचाप ? अनि कसरि हुनसक्छौं हामि मानिस ?? हामि रुपान्तरण हुनेकहिले? समाज रुपान्तरण गर्ने कहिले?? गलत भएको ठाउँमा किन हामि प्रतिवाद नगर्ने??

यो सोचको दरिद्रताविरुद्धको युद्ध अरूसँग होइन, आफैंसँग गर्नुपर्ने रहेछ । यसका विरुद्ध बन्दुकले लडेर पनि हुँदोरहेनछ । कानुनमा लेखेर पनि हुँदोरहेनछ । संविधान नै लेखे पनि पारलाग्दो रहेनछ । भागेर पनि पार लाग्नेवाला छैन । यो सोचविरुद्ध आफ्नै दिमागलाई खलबल्याउनुबाहेक अर्को ओखती छैन ।
तर, दिक्कलाग्दो कुरा के छ भने अझै पनि मेरो समाजमा भएका गल्तीहरु छुपाउन खोज्दै छ । कसको, कति भनेर केलाउँदै छ, गल्ती कसको भनेर बहस गर्दै छ । विवाद गर्दै गरौँला तर अहिलेका लागि एउटा कुरामा सहमत भइदिऊँ !! हामी मान्छे बन्नै बाँकी रहेछ । आशा छ, कुनै दिन त पक्का हामी मान्छे बन्नेछौँ । प्रयास जारी राखौँ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्