त्रिविले शिक्षक नियुक्तिको कार्यविधि संशोधन लागेकोमा अनेरास्ववियुको आपत्ति
काठमाडौँ, । अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षक नियुक्तिको सिफारिस सम्बन्धि कार्यविधि, २०७५ पुनः संशोधन गर्न लागेको प्रति आपत्ति जनाएको छ ।
अनेरास्ववियु त्रिवि कमिटीका अध्यक्ष समिरराज विष्टको नेतृत्वमा भएको टोलीले आज त्रिविका उपकुलपति डा. शिवलाल भुसाललाई ज्ञापन पत्र बुझाउँदै त्रिवि सेवा आयोगमा पठाइएकोमा संशोधित विनियम कार्यान्वयनमा नआदै पुन संशोधन गर्न थालेपछि आपत्ति जनाएको हो ।
“विश्विवद्यालयका प्राध्यापकको नियुक्ति र बढुवाका लागि आवश्यक अनुसन्धान तथा कृतिलाई मुख्य आधार बनाइ प्राध्यापक तथा सह प्राध्यापकको आन्तरिक बढुवा गरिनु पर्ने भएतापनि संशोधन भएको कार्यविधिलाई एकपटक पनि कार्यान्वयनमा नल्याइ उक्त संशोधित बिषयवस्तु हटाउन विश्वविद्यालयका पदाधिकारीहरूको गतल मनसाय रहेको बिषय प्रष्ट देखिन्छ,” अनेरास्ववियुले बुझाएको ज्ञापन पत्रमा भनिएको छ ।
शिक्षक नियुक्तिको सिफारिस सम्बन्धि विनियममा व्यवस्थाले लोकसेवाको संलग्नता र समन्वयले त्रिवि सेवा आयोगले लिने परीक्षाको प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण तथा नतिजा प्रकाशनले परीक्षाको निश्पक्षता र विश्वसनीयता बढाइ योग्य तथा सक्षम व्यक्ति त्रिवि सेवामा प्रवेश पाउने कुरा विश्वविद्यालयको हितमा रहेको देखिदा देखिदै पनि उक्त कार्यविधि संशोधन गर्न समिति निर्माण गर्न लागिएको भन्ने कुराले विश्वविद्यालयको प्राज्ञिक क्षेत्र नभइ आफू निकटतम व्यक्तिहरूको भर्तीकेन्द्र बनाउन उद्दत रहेको उल्लेख गरिएको छ ।
अनेरास्ववियुले त्रि.वि. शिक्षक नियुक्तिको सिफारिस सम्बन्धि कार्यविधि वेबसाइटमा राख्न समेत अनुरोध गरेको छ । अनेरास्ववियुले आफूले उठान गरेका बिषयवस्तुमा त्रिवि गम्भीर नभए जस्तोसुकै आन्दोलन गर्ने चेतावनी दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #त्रिविले शिक्षक नियुक्तिको कार्यविधि संशोधन लागेकोमा अनेरास्ववियुको आपत्ति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्