एमाले टोखा ७ को अधिवेशनमा ईश्वर पोखरेलको उद्घोष : अब एमाले बाहेकका पार्टीले देश चलाउन सक्दैनन्
काठमाडौं, १३ माघ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले बाहेकका पार्टीले देश चलाउन नसक्ने बताउनुभएको छ ।
शनिबार टोखा नगरपालिका वडा नम्बर ७ को तेस्रो वडा अधिवेशनमा उहाँले एमालेलाई एकातर्फ राखेर सबै मिलेर सिद्ध्याउने योजनामा लागेका भन्दै देश बनाउने काम एमाले बाहेक अरुले नसक्ने बताउनुभयो ।
गौरवशाली इतिहास र भविष्य नभएका पार्टीले देश विकास गर्न नसक्ने उहाँको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘अहिले एमाले एकातर्फ र अन्य सबै पार्टी एकतर्फ पोको परेका छन् । देखिने नदेखिने साथै देशभित्रका र बाहिरका सबै मिलेर एमालेलाई सकाउने योजनामा छन् । तर त्यो सफल हुँदैन् । एमाले बाहेकको पार्टीले यो देश चलाउन सक्दैन । अहिले देखापरेका दलहरुको पृष्ठभूमि के हो, कहाँ, कसरी जन्मिएको हो ठेगान छैन्, भोली देश कस्तो बनाउने भन्ने कुराको पनि मार्गचित्र छैन् ।’
नेकपा एमालेले अनियमितता र वेतिथि केही सहन नसक्ने बताउँदै उहाँले कसैले त्यस्तो गर्यो भने त्यो एमाले हुन नसक्ने जिकीर गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ईश्वर पोखरेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्