Techie IT
बिहीबार, कात्तिक २७,२०८३

तारा मा.वि मा अखिल क्रान्तिकारीकाे इकाई कमिटी गठन


गोर्खा, अमृत खनाल
माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) विद्यार्थीले संगठन देशभर संगठन विस्तारलाई तीब्रता दिएको छ ।।

सोही क्रममा संगठनले गोर्खाको संगठन निर्माण तथा सुदृढीकरण अभियान अन्तर्गत बुधबार गोर्खाको गोरखा नगरपालिका वार्ड नम्बर १० को तारा माध्यमिक बिधालयमा इकाई कमिटी गठन गरेको छ ।

संगठनले विद्यालयमा अध्ययनरत छात्र बिक्रम बिकको अध्यक्षयतामा 65 सदस्यीय ईकाइ कमिटी गठन गरेको हो ।

कमिटीको इन्चार्जमा मनिस भुजेल
अध्यक्षमा बिक्रम बिक
उपाध्यक्षमा विवश कुमाल र लक्की तामाङ , सचिवमा समोना कुमाल , कोषाध्यक्षमा मनिसा कुमाल र सह–सचिव सुजन नेपाली रहेका छन् ।

उक्त कमिटी गठन गर्दा अखिल क्रान्तिकारीको केन्द्रिय उप महासचिव राजन आले मगरको उपस्थितिमा गठन गरिएको थियो ।

उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका विद्यार्थी नेताहरूकाे पनि उपस्थिति रहेकाे थियाे ।

गाेरखा जिल्लामा अबका दिनमा द्रुत गतीमा इकाई कमिटि गठन गरिने अखिल क्रान्तिकारी जिल्ला सचिवालय तथा स्वतन्त्र बिद्यार्थी युनियन द्रव्य शाह क्याम्पसको सचिव सचिन खनालले जानकारी दिनुभयाे ।

विद्यार्थीहरुमा एककिसिमको जोस र उर्जा त थियो नै कतिले मानिसहरुले बिद्यार्थीहरुलाइ राजनीतिमा लेराएर बिधालयमा राजनीतिक कलह आउने पो हो कि भन्ने पनि देखियो तर हामि र हाम्रो संगठन अखिल क्रान्तिकारीले विद्यार्थीको मर्म बुझेको छ र त्यस्तो अराजक गतिविधि कुनै पनि हुने छैन र हुनदिने पनि छैन । विद्यार्थीको मनोभावनालाइ बुझ्दा उनिहरुको राजनीतिक भबिस्यलाइ उजागर गर्न पनि कमिटी गठन गर्न पर्ने देखियो । अखिल क्रान्तिकारी बिद्यार्थीको हरेक सुख दुखमा साथि बन्ने छ । अखिल क्रान्तिकारीका नेता राजन आले मगरले बनाउनुभएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्