Techie IT
बिहीबार, कात्तिक २७,२०८३

तारकेश्वर शिव महापुराण विराट ज्ञान महायज्ञको तयारी पुरा : दुई हजार भन्दा बढी कलश यात्रामा सहभागी हुने


काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिका –३ मा अवस्थित ऐतिहासिक स्थान पाँचमानेमा आउँदो माघ ११ गते बिहीबारदेखि “शिव महापुराण विराट ज्ञान महायज्ञ’’ को तयारी पुरा भएको छ ।

पौराणिक तारकेश्वर मन्दिरलाई नेपाल लगायत विश्व सामु परिचित गराउने उद्देश्यले यही माघ महिनाको ११ गते बाट २३ गते सम्म विराट ज्ञान महायज्ञ गर्न लागेको हो ।

तारकेश्वर नगरपालिकाका सम्पूर्ण १ देखि ११ वटै वडालाई समावेश गराएर गर्न लागिएको यस महायज्ञमा संस्थागत तथा सामुदायिक विद्यालय ,सहकारी,महिला समूह लगायत विभिन्न सामाजिक समूहहरू तथा आम नगरवासी नै सक्रिय रूपमा सहभागी रहने मन्दिर ब्यवस्थापन समितिले बताएको छ । पौराणिक तारकेश्वर मन्दिरलाई नेपाल तथा विश्व सामु नै चिनाउनका लागि विराट महायज्ञले ठुलो भूमिका खेल्ने बिश्वास गरिएको छ ।

 

तारकेश्वरलाई सम्पूर्ण देशवासीलाई चिनाउने अभिप्रायले समाजमा विभिन्न योगदान दिएका व्यक्तिहरूलाई निमन्त्रणा गरिएको तारकेश्वर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष परशुराम अर्यालले बताए । “ वाचन गुरु नारायण चतुर्त्युहज्युको मुखारविन्दबाट कथावाचन हुने उक्त विराट महायज्ञको उद्घाटन गर्न राष्ट्रपतिले गर्ने कार्यक्रम रहेको छ ।

माघ ११ गते श्री स्वस्थानी व्रत कथा प्रारम्भको पहिलो दिन अर्थात् महायज्ञको पहिलो दिन सम्पूर्ण तारकेश्वर नगरवासी महिलाहरूको सक्रिय सहभागितामा बृहत् कलश यात्रा हुने तारकेश्वर मूल मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हरिशरण घिमिरेले बताए। करिब २ हजार भन्दा बढी भक्तजनहरूको सहभागितामा पाँचमानदेखि तारकेश्वर मन्दिरसम्म पुगेर पुन स् पाँचमाने फर्कने कलश यात्राको रुट तय गरिएको समितिका अध्यक्ष घिमिरेले जानकारी दिए।


क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर शिव महापुराण विराट ज्ञान महायज्ञ


तपाईको कमेन्ट लेख्नुहोस्