एमाले अध्यक्ष ओली सुर्खेत जाँदै
काठमाडौं, ५ माघ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रबार सुर्खेत जाँदैहुनुहुन्छ ।
सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालयको विभिन्न कार्यक्रम तथा पार्टीको प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्न उहाँ त्यसतर्फ जान लाग्नुभएको हो ।
मध्यपश्चिम विश्वविद्यालयका उप कुलपति नन्दबहादुर सिंहका अनुसार अध्यक्ष ओलीले विद्यालयको स्कूल अफ मेनेजमेन्ट (मुसुम)को नवनिर्मित भवनको उद्घाटन गर्नुहुनेछ । सोही भवनमा सञ्चालन हुने कर्णाली आदिवासी ज्ञान, सीप तथा प्रविधि सम्बन्धी संस्थाको पनि शुभारम्भ गर्नुहुनेछ ।
यस्तै, विश्वविद्यालयको डिजिटलाइजेशन एण्ड अटोमेशन सिस्टम कार्यक्रमको पनि उद्घाटन गर्नुहुनेछ । विश्वविद्यालयलाई पेपरलेस बनाउन ४ वर्षदेखि भएको प्रयासको परिणामस्वरूप सुरु भएको सो कार्यक्रमको उद्घाटन पनि अध्यक्ष ओलीले नै गर्नुहुने उपकुलपति सिंहले जानकारी दिनुभयो ।
यसबाहेक अध्यक्ष ओली र विश्वविद्यालयका विद्यार्थीबीच एक घण्टा अन्तरक्रिया कार्यक्रम समेत रहेको छ ।
अध्यक्ष ओलीले साँझमा एमाले कर्णाली प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्