गण्डकी गाउँपालिकामा गर्भवती तथा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सुविधा
गोरखा, ५ माघ । गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा सुत्केरीका लागि अस्पतालसम्म आवतजावतका गर्न निःशुल्क एम्बुलेन्स सेवा सुरुआत गरेको छ ।
पालिकाभित्रका गर्भवतीलाई सुत्केरी गराउन पालिकाभित्रका बर्थिङ सेन्टर वा अन्यत्र अस्पतालमा लैजान र ल्याउनका लागि पालिकाले निःशुल्क रुपमा एम्बुलेन्स सेवा उपलब्ध गराउन सुरु गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमेल्सिनाले जानकारी दिनुभयो । “पालिकाभित्र सुत्केरी गराउन नसकी पालिका बाहिरका जुनसुकै अस्पतालमा पनि सुत्केरी गराउन लैजानुपर्ने अवस्था आउनसक्छ”, उहाँले भन्नुभयो, “त्यस्तो अवस्थामा अस्पतालसम्म पु¥याउन र सुत्केरी गराएर घरसम्म फर्काएर ल्याउनका लागि गाउँपालिकाले नै निःशुल्क एम्बुलेन्स उपलब्ध गराउन सुरु गरेको हो ।”
आर्थिक अभावका कारण गर्भवती घरमै सुत्केरी गराउन नपरोस् भन्ने उद्देश्यले गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवाको थालनी गरेको गाउँपालिका उहाँको भनाइ छ । “घरमै सुत्केरी गराउँदा आमा र बच्चा दुवैमा जोखिम बढी हुन्छ”, उहाँले भन्नुभयो, “निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएपछि गाउँपालिकाभित्र घरमै सुत्केरी गराउने क्रम पूर्ण रुपमा अन्य हुन्छ भन्ने विश्वास छ ।”
गाउँपालिकाले पालिकाभित्रका सबै वडाका नागरिकमा सहज पहुँच पुग्ने गरी बुधबारदेखि एम्बुलेन्स सेवासमेतको थालनी गरेको उहाँले बताउनुभयो । “भूम्लिचोकस्थित भूम्लिचोक स्वास्थ्य केन्द्र, वडा नं १ स्थित मकैसिंङ प्राथामिक स्वास्थ्य केन्द्र र दर्बुङ स्वास्थ्य चौकी उपलब्ध गराइएका तीनवटा एम्बुलेन्सलाई परिचालन गर्ने गरी एम्बुलेन्स सेवा सुरु भएको हो”, उहाँले भन्नुभयो, “बृहत् एम्बुलेन्स सेवाबाट आवश्यकता पर्दा सबै वडामा सेवा दिनसक्ने गरी व्यवस्थापन भएको छ ।” बृहत् एम्बुलेन्स सेवाबाट न्यून खर्चमा उपचारका लागि अस्पतालसम्म पुग्न गण्डकी गाउँपालिकाका नागरिकलाई सहज हुने उहाँले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : ## breakingnews, #गण्डकी गाउँपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्